आदर्श अनलाइन, बागलुङ
उद्योग वाणिज्य संघ बागलुङले आन्दोलनका नाममा बजार बन्द गरिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
‘बागलुङ ६’ मृत्यु प्रकरणमा पीडित पक्षले मंगलबार दुई घण्टा बागलुङ बजार बन्द गरेका थिए । बागलुङ बजार बन्द गर्ने समयमा खानेपानी र विद्युत कार्यालयको सवारीमाथी तोडफोडसमेत भएको छ । उद्योग वाणिज्य संघले खानेपानी जस्तो अत्यावश्यक सेवाको सवारीसाधनलाई तोडफोड गरेको, बैंक तथा वित्तिय संस्था बन्द गरिएको, औषधीपसल र छापाखाना जबरजस्ती बन्द गर्नु अराजकता भएको जनाएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै बागलुङ बजार बन्दले व्यवसायीहरुलाई मर्कामा पारेको जनाएको छ । उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले खानेपानी बोकेका सवारीसाधन तोडफोड भएको र पसलहरुमामा आन्दोलनकारीले हस्तक्षेप गरेको विषयमा ध्यानाकर्षण भएको बताउनुभएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘यस्ता आन्दोलन दोहोरिएमा व्यवसायीले नसहने र प्रतिवादमा उत्रने छ’
उद्योग वाणिज्यसंघले व्यवसायीलाई निर्वाहद रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।