एन्जल्स हार्ट स्कुलमा बागलुङका चार विद्यार्थीले निःशुल्क पढ्न पाउने


आदर्श अनलाइन, बागलुङ
एन्जल्स हार्ट स्कुल काठमाडौंमा बागलुङका चार जना विद्याथीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । स्कुलले बिहीबार बागलुङमा पत्रकार भेटघाट गरी यहाँका चार जना विद्यार्थीलाई खाने बस्ने सहित पूर्ण छात्रवृत्तिमा पढ्ने वाताबरण निर्माण गरिएको जनाएको छ ।

उक्त स्कुलले पूर्ण छात्रवृत्तिमा छनोटका लागि परीक्षा लिने र त्यसमा सर्वोत्कृष्ट अंक ल्याउन विद्यार्थीले मौका पाउने जनाएको छ । अहिलेका लागि एसइइ दिएका विद्यार्थीलाई कक्षा ११ र १२ मा पढ्ने व्यवस्था गरिएको स्कुलका भाईस प्रिन्सीपल दिल बुढाथोकीले जानकारी दिए ।
‘यो स्कुलमा हामी धौलागिरि क्षेत्रबाट अध्ययनका लागि काठमाडौं गएकाहरु अधिकांस लगानीकर्ताको रुपमा रहेका छौं,’उनले भने,‘आफ्नो गाउँ ठाउँको क्षेत्रका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान चलाएका हौं । धौलागिरिको पर्वत म्याग्दीबाट दुई दुई जना र बागलुङबाट चार जना विद्यार्थीलाई यस पटक पूर्ण छात्रवृत्तिमा ११ र १२ कक्षामा अध्ययनको व्यवस्था मिलाएका छौं ।’ त्यसका लागि बागलुङ बजारमा परीक्षा गरी एक जना छात्र र एक जना छात्रा, बुर्तिबाङ क्षेत्रबाट एक जना छात्रा र एक जना छात्रा छनोट गरेर लैजानेछ ।

‘बागलुङ बजार क्षेत्रमा मात्रै केन्द्रीत हुँदा पश्क्ष्मि बागलुङको ठूलो क्षेत्र छुट्ने भएपछि यस पटकबाट हामीले बागलुङलाई विशेष प्राथमिकता दिएर बजारमा परीक्षा गरेर दुई जना र बुर्तिबाङमा परीक्षा गरेर दुई जना विद्यार्थी छनोट गर्छौं,’उनले भने,‘उनीहरुले होस्टेलमा बस्ने खाने, पठन पाठनको कुनै पनि खर्च गर्नुपर्दैन । सबै हाम्रो स्कुलले नै व्यहोर्छ ।’ बागलुङमा गोल्डेटगेट एकजुकेसन सेन्टरमा बिहीबार परीक्षा भएको छ भने न्यू धौलागिरि मोर्डन एजुकेसन सेन्टरमा शुक्रबार बिहान परीक्षा हुनेछ । बुर्तिबाङ बजारमा १२ गते बिहान परीक्षा तोकिएको छ भने म्याग्दी दरबाङमा १३ गते र बेनी बजारमा १४ गते परीक्षा हुनेछ । कुस्मा बजारमा ११ गते नै परीक्षा हुने बताईएको छ ।

१६ वर्ष अगाडि काठमाडौंको स्थापना भएको एन्जल्स हार्ट एजुकेसन फाउडेसन मार्फत अहिले एञ्जल्स् हार्ट मा. वि., +२ कलेज, एञ्जल्स् हार्ट नेश्नल स्कुल, एञ्जल्स् किड्स मन्टेश्वरी, वेलहाम्स कलेज, तेजश्वी एकेडेमी लगायत गरी पाँच वटा शिक्षण संस्था सञ्चालनमा रहेको बुढाथोकीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *