तितौरे मा.विका विद्यार्थीलाई मानसिकता मार्फत मस्तिष्कलाई सशक्त बनाउने तालिम

आदर्श अनलाइन, बागलुङ

बागलुङ जेसीजको आयोजनामा मानसिकता मार्फत मस्तिष्कलाई सशक्त बनाउने सम्बन्धि तालिम सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न तालिममा बागलुङ नगरपालिका वडा नम्बर ७ तितौरे स्थित तितौरे माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना विद्यार्र्थीको सहभागीता रहेको थियो ।
तालिममा बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले सहजिकरण गर्नुभएको थियो ।

महतोले आफ्नो मस्तिष्कमा कस्तो प्रकारको विचार चलिरहेको छ, त्यसले आफैंलाई कस्तो प्रभाव पारिरहेको छ, मस्तिष्कलाई कसरी हेर्न वा ठम्याउन सक्छौं, मस्तिष्कमा चलिरहेका विचारले आफुलाई कस्तो प्रभाव पारिरहेको छ पनि हेर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तितौरे माध्यमिक विद्यालयका सूचना अधिकारी कुल बहादुर कार्की, शिक्षक बिमल शर्मा, दिपक के.सी, बागलुङ जेसीजका तालिम संयोजक सुशान्तकृष्ण श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा विद्यार्थीलाई मस्तिष्क अनुसार आफैलाई ढाल्ने, सिकाउने र विकास गर्ने व्यापक क्षमता, मस्तिष्कको क्षमता बढाएर यसलाई तेजिलो बनाउने उपाय सम्बन्धि सहजिकरण गरिएको थियो ।

कार्यक्रमको बागलुङ जेसीजका उपाध्यक्ष रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *