आदर्श अनलाइन, पर्वत
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।
संस्थाका शेयर सदस्य तथा पूर्व कर्मचारी साधना पन्तका ससुराबुबा कृष्ण बहादुर लामिछानेको निधनप्रति दुःख व्यक्त गर्दै मोदी गाँउपालिका तिलाहार स्थित लामिछाने निवासमा पुगेर सोमवार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
स्वर्गीय लामिछानेको १० औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई संस्थाले प्रदान गर्दै आएको राहत रकम समेत हस्तान्तरण गरिएको थियो ।
श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसी, प्रबन्धक दिपकराज सापकोटा र पूर्व संचालक ओम बहादुर क्षेत्री (सन्तोष) ले समवेदना सन्देश तथा शेयर सदस्यको एकाघरका सदस्यको मृत्यु राहत स्वरुप रु ५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखिनै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।