राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नती हुँदै

डम्मर बुढा मगर, बागलुङ
दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएका सडक स्तरोन्नती गर्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाडाँ, ब्यार्थला लगायत जर्दनौँ गाउँसम्म जोड्ने गरि १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नती गर्न थालिएको छ । नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नती गर्न थालेको हो । गाउँको सडक स्तरोन्नती हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधान नियमित गुढ्न सक्दैनथे । नगरपालिकाले स्तरोन्नती गर्न थालेपछि नियमित गाडी संचालन हुनेमा स्थानीय विश्वस्त बनेका छन् । आर्थिक वर्ष २०७९÷८० मा नगरपालिकाले विनियोजन गरेको १० लाखबाट कोरिडोरसँग जोडिएको खण्ड स्तरोन्नती गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरि रहेको वडा नम्बर ५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिनुभयो ।

यस वर्ष पनि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उहाँको भनाइ छ । कोरिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको यस सडक करिब १६ किलोमिटर रहेको हुँदा वर्षेनी नगरपालिकाले बजेट व्यवस्थापन गरि काम गर्दै आएको अध्यक्ष थापा बताउनुहुनछ ।

कोरिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, ब्र्याथला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकै पटक काम गर्न नसकिएको उहाँको भनाइ छ । केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक÷दुई वर्षमै काम गर्न सकिने थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो सडकको ट्रयाक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतीको काम लागि रहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतीपछि सहज बन्ने छ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्वपूर्ण टेवा पु¥याउने छ, कोरिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नती गर्न सके, पर्यटक भित्राउन र सहज रुप हाँडीकोट पु¥याउन सकिने थियो ।”

जैमिनी नगरपालिका–५ का स्थानीय फमबहादुर थापाले ट्रयाक खुलेको दशक बढी हुँदा पनि सबै सडक स्तरोन्नती हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो । सडक स्तरोन्नतीका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उहाँको भनाइ छ ।

यो सडकलाई स्तरोन्नती गर्नका लागि प्रदेश र केन्द्र सरकारबाटै बजेट आउनु पर्ने थापा बताउनुहुन्छ । सडक अप्ठ्यारो हुँदा कृषि उपज वस्तु बजार पु¥याउँदा बढी भाडा तिर्नु परेको सुनाउनुभयो । केही ठाउँका स्तरोन्नती हुँदा थोरै भए पनि यात्रमा सहज भएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *