गणतन्त्र दिवसको अवसरमा विशेष बाल कक्षामा खाद्यान्न वितरण

आदर्श अनलाइन, बागलुङ

गणतन्त्र दिवस २०८१ को अवसरमा बौद्विक अपाङ्गता भएका बालबालिकाका लागि जिल्ला समन्वय समिति बागलुङले खाद्यान्न वितरण गरेको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले विशेष बाल कक्षामा अध्ययनरत बौद्विक अपाङ्गता भएका बालबालिकाको हक समाजकै एक मुख्य अंग भएकोले राज्य तह, सामाजिक अभियन्ता, अभिभावक शुभचिन्तक सबैको बराबर जिम्मेवारी र दायित्व जानकारी गराउदै आफ्नो तर्फवाट गर्नुपर्ने पहल जारी रहने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका जिल्ला समन्वय अधिकारी कृष्णराज शर्मा, बागलुङ नगरपालिकाका शिक्षा अधिकृत गौरव राना मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम विशेष बाल कक्षा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको अध्यक्षता, प्रधानध्यापक युक्तजंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *