सर्वाधिक राशीको प्रथम म्याग्दी युवा भलिबल कपको उपाधि बौदीकालीलाई

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनीमा जारी सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिका नवलपरासी सुस्ता पूर्वले जितेको छ । राष्ट्रिय युवा संघको अयोजनामा आयोजित प्रथम म्याग्दी युवा कप–२०८१ गण्डकी प्रदेश भित्रका पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिताको खुल्ला महिला तर्फको उपाधि भने धादिङ स्पोर्टस् क्लबले जितेको छ ।

निकै नै प्रतिस्पर्धात्मक भएको पुरुष भलिबल खेलको पहिलो सेट गलकोट नगरपालिकाले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट बौदीकाली गाउँपालिकाले १५–२५ र तेश्रो सेट २३–२५ ले आफ्नो पक्षमा पारेपछिको चौथो सेट भने गलकोट नगरपालिका बागलुङले २५–२२ अंकले आफ्नो पक्षमा पारेपछि अन्तिम तथा पाँचौ सेट भने अन्तिम सेटको खेल १३–१५ ले आफ्नो पक्षमा पार्दै गण्डकी प्रदेश भित्रका पालिका स्तरीय प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिकाले हात पारेको हो ।

गण्डकी प्रदेशका चर्चित खेलाडी हिमाल सुनारीको टिम बौदीकालीले राष्ट्रिय युवा संघ जिल्ला कमिटी म्याग्दीले आयोजना गरेको पाँचौं भलिबल प्रतियोगिता तथा गण्डकी प्रदेश भित्रका पालिका स्तरीय प्रथम म्याग्दी युवा कप–२०८१ को उपाधि जितेको हो ।

उपाधि विजेता टिमले नगद दुई लाख रुपियाँ नगद प्राप्त गर्दा दोश्रो हुने टोलीले एक लाख २० हजार नगद प्राप्त गरेको छ । त्यस्तै तेश्रो हुने टिमले ५० हजार र चौथो हुने टिमले नगद २५ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र हात पारेका छन् ।

त्यसैगरी मालिका युवा क्लबलाई पराजित गर्दै धादिङ स्पोर्ट्स क्लबले उपाधि जितेको हो । बेनीको खुल्ला मञ्चमा बिहीबार सम्पन्न महिलातर्फको फाइनलमा मालिका क्लबलाई लाई २५–२१, २५–२२ र २९–२७ को सोझो सेटमा जित निकालेको हो ।

धादिङले सेमिफाइनलमा म्याग्दी भलिबल टिमलाई र मालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । उपाधिसँगै धादिङले ८० हजार रुपियाँ हात पार्दा उपविजेता मालिकाले ४० हजारमा चित्त बुझाउनु परेको छ । त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने बागलुङले म्याग्दीलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा हरायो । बागलुङले २० हजार र सान्त्वना बनेको म्याग्दीले नगद १० हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा महिला तर्फ धादिङ स्पोर्टस्की गंगा गुरुङ र पुरुष तर्फ बौदीकाली गाउँपालिकाका हिमाल सुनारी उत्कृष्ट खेलाडी घोषित भएको राष्ट्रिय युवा संघ म्याग्दीका सचिव सुसन किसानले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *