नेपाली सेनाको बाहिनीपति कप खेलकुद प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङ

नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डा बागलुङको आयोजनामा बाहिनीपति कप खेलकुद प्रतियोगिता बिहिबार देखी शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बाहिनीपति सहायक रथी जगत बहादुर पौडेलले गर्नु भएको थियोे । उक्त बाहिनीपति कप प्रतियोगिता २०८१ मा साविकको धौलागिरि अञ्चल भित्रका नेपाली सेनाका गण तथा गुल्महरु सहभागि छन् ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, पौडी, तेक्वान्दो र बक्सिङ प्रतियोगिताको प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विजेता तथा उत्कृष्ट हुने टिम तथा खेलाडीलाई पृतनापति कप प्रतियोगितामा सहभागि हुने छन् ।

प्रतियोगितामा बागलुङको श्री मेहर गण, म्याग्दीको शत्रुभञ्जन गण, मुस्ताङको नारायणदल गण र पर्वतको नयाँ रणभीम गुल्मको सहभागिता रहेको छ । जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि साविकको धौलागिरि अञ्चलका चार जिल्लाका २ सय २२ जना खेलाडीको सहभागिता रहेको छ ।

खेल मार्फत अनुशासित, स्वच्छ प्रतिष्पर्धाका साथ राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने प्रयासलाई प्रतियोगिताको आयोजना गरिएकोे सहायक रथी जगत बहादुर पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *