नेकपा एमाले बागलुङ नगरको अध्यक्षमा शर्मा

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ नगर कमिटिको दोस्रो अधिवेशनबाट अध्यक्षमा रामकृष्ण शर्मा निर्वाचित हुनुभएको छ ।

कमिटिको उपाध्यक्षमा रुद्र बहादुर के सी, सचिवमा धुब्र श्रेष्ठ, उपसचिवमा अगन बहादुर खड्का (राजु) र कमरेड सृजना थापा मगर चयन हुनुभएको छ ।

अधिवेशनले ६३ सदस्यीय कमिटि गठन गरेको निर्वाचन समिति संयोजक तेजप्रसाद न्युरेले जानकारी दिनुभयो ।

शुक्रबार सम्पन्न अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रिय उप–महासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *