रिग तालले चर्चा कमाएपछि गाउँपालिकाले पूर्वाधारमा बनाउदै

खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको रिग तालको चर्चा चुलिएसंगै गाउँपालिकाले प्रचार प्रसार र प्रर्बद्धनमा जोड दिएको छ ।

निसीखोला गाउँपालिकामा प्रसस्त पर्यटकीय संभावना बोकेका स्थानहरु भएपनि मध्यपहाडी लोकमार्गको विकास संगै रिग तालले चर्चा कमाउन थालेपछि पालिका प्रर्बद्धनका लागि अघि सरेको छ ।

बागलुङ र रुकुमको सिमानामा पर्ने पाती हाल्ने पुगेका पर्यटकहरु पैदलमार्ग मार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला गाउँपालिका–६ मा पर्ने उक्त रिग ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनका लागि तालको संरक्षण, पूर्वाधार र प्रचार प्रसारमा गाउँपालिकाले जोड दिन थालेको निसीखोला गाउँपालिकाले जनाएको छ ।

पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रा मार्फत पुग्न सकिने रिग तालमा हालै मात्र गाउँपालिकाले सडक पु¥याएको गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्ती मगरले जानकारी दिनभयो । गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र समेत पर्यटकीय हिसावले निकै मनमोहक भएपनि पालिकाको सानो स्रोतबाट पर्यटकीय गन्तव्य बन्नेगरी गत वर्षबाट पूर्वाधारमा लगानी गर्न थालिएको अध्यक्ष मगरले बताउनुभयो । गत आर्थिक वर्षमा रु. ८ लाख खर्चेर रिग ताल पुग्न पर्यटकलाई सहज बनाउनेगरी सडक बिस्तार गरिएको र यस वर्ष रिग ताल र रिग बराहथानको संरक्षण गरिएको उहाँको भनाई छ ।

“गोठथरीका रुपमा रहेको स्थानमा रहेको ताल निकै आकर्षक भएको र मध्यपहाडी लोकमार्ग बिस्तारपछि उक्त तालको विषयमा प्रचार प्रसार हुँन थालेको थियो, पालिकाले सिमित स्रोतका बीच गत वर्ष ८ लाख र चालु आर्थिक वर्षमा रु. ५ लाख गरी रु.१३ लाख बजेट लगानी गरिसकेको छ” गाउँपालिका अध्यक्ष घर्ती मगरले भन्नुभयो “रिगतालमा पुग्ने पर्यटकलाई लक्षित गरी ठूलो लगानी गर्न आवश्यक छ, तर पालिकाले तालको संरक्षण गर्दै नजिकै रहेको ताल बराहलाई संरक्षण गरेका छौं, खानेपानी, शौचालय, सत्तल लगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकारसंग समन्वय गरेर विकास गर्ने हाम्रो योजना छ ।”

समुन्द्री सतहदेखि करिब ३ हजार २ सय मिटर उचाईमा रहेको यो तालको लम्बाई १ सय मिटर, चौडाई ६० र गहिराई करिब १२ मिटर रहेको स्थानीय बताउँछन् । तर पछिल्लो समय पहाडबाट बगेर आउने भल जम्मा हुँनथालेपछि तालि पुरिन थालेपछि गाउँपालिकाले चालु वर्षमा ताल वरपर पर्खाल निर्माण गरेको छ । जहाँबाट रोल्पा, रुकुम, प्युठान, पर्वत र बागलुङको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिने र भेडाको बथान समेत हेर्न पर्यटकहरु यहाँ आउने गरेको स्थानीय लालसिंह बुढा मगरले बताउनुभयो ।

“पहिला गाई भैसी, घोडा र भेडाले पानी खानका लागि प्रयोग हुन्थ्यो रिग ताल, तर हिमपात भएको समयमा ताल निकै मनमोहक देखिने रैछ, त्यसपछि तालमा क्रमश आन्तरिक पर्यटकहरु आउन थाले सडक सञ्जालको विकाससंगै रिग तालको महत्व उजागर भयो, हामी त भेडा चराउन यही आउछौं, अहिले ताल हेर्न आउनेहरु बढेका छन् गाउँपालिकाले ताल परिन थालेपछि संरक्षणको काम थालेको छ” बुढा मगरले भन्नुभयो “ताल वरपरको हरियाली, भेडाको बथान र तालले बागलुङर रुकुमको सिमाना पाती हाल्नेमा आएका पर्यटकहरुलाई केही हद सम्म तान्न थालेको छ, यहाँ ओत लाग्ने स्थान बनाउन भने आवश्यक छ ।”

पछिल्लो समय समय गाउँपालिकाको सक्रियतामा पर्यटकीय क्षेत्रहरुको पहिचान र विकास गर्न थालको छ । पालिकाले समेत प्रचार प्रसारलाई तिव्रता दिन थाले पछि धेरै भन्दा धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो । बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरे पनि रोल्पा र रुकुमबाट भने केही कम आउने गरेको उहाँको भनाई छ । तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो । मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको भन्ने बुझाउँने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *