दुर्गम गाउँ जोड्ने पुल निर्माण

डम्मर बुढा मगर, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकाले दुर्गम बस्तीमा नियमति गाडी संचालनमा लागि भिकोसघाटमा पुल निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने भिकोसघाटमा चालु आर्थिक वर्षमा पुल निर्माण गरेको हो । ८७ लाख ६७ हजार ९२६ रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । जिल्लामा सबैभन्दा विकट मानिने तमानखोलाको खुङ्खानी, नर्जाखानी र थास्पुरी लगायतका स्थानमा बर्खामा करिब चार महिना गाडी बन्द हुने गर्छन् । यस वर्ष वडा नम्बर ५ को खुङ्खानीसम्म सहज रुपमा यातायात संचालन गर्नका लागि यहाँ पुल बनाएको गाउँपालिकाले जनाएको छ । तमानखोलाको सबैभन्दा टाढाको गाउँ नर्जाखानी हो ।

वडा नम्बर ६ को नर्जाखानी, पात्ले, भित्रिवन लगायतका गाउँका बाह्रै महिना यातायात संचालनका लागि पाँच स्थानमा मोटरेवल पुल बन्नु पर्छ । यस वर्ष गाउँपालिकाले भिकोसघाटमा पुल बनाएपछि अब नर्जाखानी पुग्न चार वटा पुल बन्न जरुरी छ । भिकोसघाटमा बनेको पुलले वडा नम्बर ५ को खुङ्खानीसहितका गाउँमा बर्खामा पनि यातायात संचालन हुने स्थानीयले विश्वास लिएका छन् । पालिकाको केन्द्र बोङ्खादोभानदेखि नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरि पाँच स्थानमा मोटरेल पुल निर्माण गर्नु पर्छ । यस वर्ष भिकोसघाटमा पुल बनेपछि अब चार स्थानमा पुल बन्नु पर्ने छ ।

खुङ्खानी पुग्नका लागि भने अब एउटा पुल बने बाह्रै महिना गाडी संचालन हुने थिए । गाउँपालिकाले यस वर्ष घट्टबोट घाटमा पुल नबनाई भिकोसघाटमा बनाएको छ । यहाँ पुल बनाउँदा एक स्थानमा गाडी फेरेपछि सिधै गाउँपालिका केन्द्र आउन सकिने तमानखोला गाउँपालिका–५ का अध्यक्ष हिराबहादुर विकले जानकारी दिनुभयो । घट्टबोटमा पाँच मिनेटको पैदल यात्रा गरेपछि अर्को गाडी फेर्न सहज हुने हुँदा चालु आर्थिक वर्षमा वडा नम्बर १ को भिकोसघाटमा पुल निर्माण गरिएको उहाँको भनाइ छ । यस ठाउँमा बोल बनेपछि वडा नम्बर ५ को खुङ्खानीका हजारौँ नागरिलाई सहन हुने विक बताउनुहुन्छ ।

अध्यक्ष विकले भन्नुभयो – “गाउँका हरेक बस्ती सम्म सडक पुगेको छ, तर बर्खामा गाडी चल्दैनन्, गाडी नचल्दा गाउँमा कोही बिरामी प¥यो भने अस्पताल पु¥याउन निकै समस्या थियो, सामान ढुवानी र यात्रा गर्न पनि उत्तिकै गाह्रो थियो, यो वर्ष गाउँपालिकाको लगानीमा भिकोसघाटमा पुल बन्यो यसले यहाँका धेरै नागरिकलाई सहज बनाउने छ, घट्टबोटमा आएर घाडी फेर्दा पाँच मिनेटमा झोलुङ्गे पुल तरेर अर्को गाडी पाउन सकिन्छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका कारण गाउँ पुग्न धेरै भिर पहरा र खोलाहरु पार गर्नु पर्ने हुँदा नागरिकले समस्या भोग्नु परेको बताउनुभयो । यहाँका धेरै खोलाहरुमा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउन हुँदा पुल निर्माण गर्न नसकिएको बताउनुभयो । पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरि अध्यक्ष बुढा मगरको भनाइ छ । पालिकाको केन्द्र बोङ्गादोभान स्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको भन्दै अन्य घाटहरुमा पनि पुल निर्माण गर्दै जाने उहाँ बताउनुहुन्छ ।

“पालिकाको केन्द्रबाट सबै वडामा पुग्नका लागि एक दर्जन पुलको आवश्यक पर्छ, हिउँदको समयमा त गाडीहरु जसोतसो चल्छन्, तर बर्खामा खोला तर्न नसक्ने हुँदा ठप्प हुने गरेका छन्, यस वर्ष गाउँपालिकाले वडा नम्बर ५ सम्म सहज रुपम गाडी संचालन गर्ने गरि पुल बनायौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो – “हामीहरुले सबै गाउँ र बस्तीहरुमा ढिलो चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ, अब विस्तारै सानो–सानो बजेटबाट बन्ने संभावना भएका ठाउँमा पुल बनाउँछौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *