आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य टुक बहादुर खत्रीकी आमा बागलुङ नगरपालिका वडा नम्बर १२ निवासी पार्वती के.सीको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय के.सीको निवासमा पुगेर सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

स्वर्गीय के.सीको १० औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई संस्थाले प्रदान गर्दै आएको राहत रकम समेत हस्तान्तरण गरिएको थियो ।

श्रद्धाञ्जली सभामा आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, संचालक अम्बिका जि.सी, शेयर विभाग प्रमुख मनकुमारी के.सी, कर्जा सहायक संगिता खड्का कार्कीले समवेदना सन्देश तथा शेयर सदस्यको एकाघरका सदस्यको मृत्यु राहत स्वरुप रु ५ हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखिनै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *