विद्यार्थीलाई उपभोक्ता सचेतना


आदर्श अनलाईन, बागलुङ
पर्यटन तथा उद्योग कार्यालय बागलुङले बागलुङ नगरपालिका–३ स्थित धौलागिरी बिरेन्द्र माध्यामिक विद्यालयका विद्यार्थीलाई उपभोक्ताको अधिकारको विषयमा एक दिने सचेतना कार्यक्रम गरेको छ ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा विद्यार्थीलाई उपभोक्ता सचेतना दिईएको हो ।

कक्षा ८,९ र १० का ११० जना विद्यार्थीलाई उपभोक्ताको अधिकार, कानून, कालोबजारी, स्वस्थकर खाना लगायतको विषयमा जानकारी दिईएको थियो । कार्यक्रममा सहजीकरण गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उपोक्ताको हित, खान हुने र नहुँने बस्तुको जानकारी, कानूनी उपचार लगायतको विषयमा विद्यार्थीलाई जानकारी दिईएको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख सहन्सा कुमार महता, राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, शिक्षक केशव पौडेल, विद्यालयका प्रधानध्यापक भुमिराज गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम पर्यटन तथा उद्योग कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिह थापाको अध्यक्षता तथा सूचना अधिकारी विष्णुनाथ शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *