कारागारमा कोरोना जोखिम

सिर्जना पन्त, बागलुङ

विश्वभर महामरीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले २५ जना भन्दा बढि जम्मा भएर भीडभाड सहित भेला कार्यक्रम नगर्न रोक लगाएको छ । तर, बागलुङ कारागारमा एकै ठाउँमा अहिले १ सय २० जना कैदीबन्दी छन् ।

यो संख्या र स्थल अहिलेको समयमा निकै जोखिमपूर्ण हो । यहाँ कोरोनाको ठुलो जोखिमका बारेमा सायदै आँकलन गरिएको छ । एक जना कसैलाई कोरोनाको संक्रमण भए सबैलाई हुने उच्च जोखिमको यो अवस्थामा स्थानीय सरकार र सरोकारवालाको यथेष्ट ध्यान पुग्न नसकेको कैदी बन्दी गुनासो गर्छन् ।

यद्यपी, कोरोनाको जोखिम र सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै जिल्ला कारागार बागलुङमा कैदी बन्दीलाई आफ्न्तसँगको भेटघाटको समय छोट्याइएको छ । कारागारको क्षमता भन्दा बढी कैदी बन्दी एकै ठाउँ राख्नुपर्ने बाध्यात्मक परिस्थितिमा संक्रमणबाट बच्न र बचाउनको लागि भेटघाट छोट्याइएको जिल्ला कारागार बागलुङका प्रमुख मोहनप्रसाद उपाध्यायले बताउनुभयो । ‘कारागार सबैभन्दा जोखिमपूर्ण र संवेदनशिल ठाउँ हो,’ उपाध्यायले भन्नुभयो,‘संक्रमणको संवेदनिशलतालाई हेरेर भेटघाटको समय छोट्याउदैं १५ मिनेटबाट घटाएर ५ मिनेट बनाएका छौं ।’

जिल्ला कारागार बागलुङको ३५ जना कैदीबन्दी राख्ने क्षमता हो । ‘हाल कारागारमा १ सय ९ पुरुष र ११ जना महिला छन्,’ उपाध्यायले भन्नुभयो ‘सामान्य रुघाखोकी र ज्वरोका बिरामी कहिलै टुट्दैनन्, अहिको गम्भिर परिस्थितिमा अरु के के गर्ने भन्ने बिषयमा हामी पनि द्धिविधामा छौ ।’

कारागारका भित्तामा कोरोना भाइरसको संक्रमण, यसका लक्षण, यसबाट बच्ने उपायका बारेमा सचेतनामुलक पर्चा र पम्पिलेट टाँसिएको जिल्ला कारागार बागलुङका स्वास्थ्यकर्मी हेल्थ असिष्टेन्ट आशिष सापकोटाले बताउनुभयो । ‘कारागारमा आउन सक्ने स्वास्थ्य समस्यालाई लिएर हामीहरु सधै सचेत हुन्छौं तर कोरोनाको महामारीका समाचारले अझै सचेत भएका छौं,’ शर्माले भन्नुभयो ‘टेलिभिजन, रेडियो र पत्रपत्रिकामा कोरोनाको बारेमा प्रकाशन प्रशारण भएका सामग्रीहरु देखाउने गरेका छौं ।’ सधै पानीको समस्या हुने कारागारमा पछिल्लो समय प्रशस्त पानीको व्यवस्था गरिएको र समय समयमा हात धुन, तातो पानी पिउन सल्लाह दिएको उहाँले बताउनुभयो ।

जिल्ला कारागार बागलुङका चौकीदार सुर्य नेपालीले कोरोनाकै कारणले कैदीबन्दी त्रासित नभएको बताउनुभयो । ‘बाहिरबाट भेटघाटको लागि आउनेहरुलाई रोक्न हो भने कोरोनाको संक्रमण हुँदैन होला नेपालीले भन्नुभयो डराएका छैनौ, तर सचेत भएका छौं ।’ कारागारको क्षमता अनुसारको स्वास्थ्य उपचारको सेवा सुविधा हुन्छ उहाँले भन्नुभयो ‘मौसमी रुघा खोकी र ज्वरोको औषधी पु¥याउन ग्राहो हुन्छ, कोरोना लाग्यो भने मर्नुको विकल्प छैन ।’ अति आवश्यक काम बाहेक बाहिरबाट आएकालाई भेट्न रोक लगाईएको उहाँले बताउनुभयो । ‘भेटने समय छोट्याईएको छ, अति आवश्यक काम परेमा पनि टाढाबाट मात्र भेटघाट गरिएको छ नेपालीले भन्नुभयो कोरोनाको सचेतनामुल पर्चा दिईएको छ, कारागार संवेदशिल देखिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *