कालिका पानी होटलसँग मिलेर उपभोक्ता ठक्दै : २० को पानी ५० रुपैयाँमा विक्री

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले महालक्ष्मी मिनिरलस् एण्ड बेभेरेज प्रा.लिद्वारा बजारमा ल्याइएको कालिका पानी उत्पादन कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ । एउटै कम्पनीको पिउने पानी फरक–फरक मूल्यमा विक्री गरेको पाइएपछि उद्योगलाई जरिबाना गरेको हो ।

महालक्ष्मी मिनिरलस् एण्ड बेभेरेज प्रा.लिले उत्पादन गर्दै आएको पानी बजारमा प्रति बोतल २० रुपैयाँ र यहाँ स्थित होटल दि राजनमा ५० रुपैयाँ मूल्य राखेको पाइएपछि जरिबाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । पानी कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको उहाँको भनाइ छ ।

ऐनको दफा १६ को २ (क) मा वस्तु वा सेवाको वास्तविक गणुस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लकुाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा विक्री वा प्रदान गर्न नपाइने उल्लेख छ । सहायक प्रजिअ बरालले पानी उत्पादन कम्पनीले प्रति बोतल ५० रुपैयाँको मूल्य टाँसेर १३ रुपैयाँमा होटल दिराजनलाई खुद्रा विक्री गरेको बताउनुभयो । तर होटलले उक्त पानीलाई ५० रुपैयाँमा विक्री गर्ने गरेको छ ।

त्यस्तै मोदी पिउने पानीले पनि उपभोक्तालाई ठेग्ने गरेको पाइएको छ । मोदी पिउने पानी बागलुङ बजारमा प्रति बोतल २० रुपैयाँ मूल्य राखेको र होटल पिस प्यालेसबाट विक्री हुने उक्त पानीको बोतलमा मूल्यनै नराखेको पाइएको सहायक प्रजिअ बराल बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *