विश्व वातावरण दिवसमा न्यू लाईफका विद्यार्थीद्वारा सरसफाई

थम्मन थापा, बागलुङ

जेठ २३ विश्व वातावरण दिवसको अवसरमा गलकोटमा विद्यार्थीहरूले आज प्रभातफेरि एवं सरसफाइ गरेका छन् । न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुल गलकोटमा अध्ययनरत विद्यार्थीहरुले बिहान प्रभातफेरि एवं विद्यालय वरपरको क्षेत्रमा सरसफाइ गरेका हुन् ।  वातावरण संरक्षण, सरसफाई सँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थीहरूले विद्यालय परिसर हुँदै मध्यपहाडी लोकमार्ग स्थित हटिया बजार परिक्रमा गरेका हुन् । उनीहरूले विद्यालय क्षेत्र आसपासको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू समेत सङ्कलन गरेका छन् ।

प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलका क्याप्टेन चाहना सापकोटाले बताउनु भयो । विद्यालयका प्रिन्सीपल राम प्रसाद शर्माले विद्यार्थीहरूलाई वातावरण संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन समुदायमा समेत सरसफाइ गरिएको बताउनुभयो । विद्यार्थीहरूलाई पढाइको अतिरिक्त वन जङ्गल, वातावरण संरक्षण, नदीनालाको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुपर्ने समेत शर्माले बताउनुभयो ।

सामुदायिक सरसफाइ कार्यक्रम विश्व वातावरण दिवसको दिनमा मात्रै सीमित नभई यसलाई नियमित कार्यक्रम बनाउँदै निरन्तरता दिने समेत उहाँको भनाइ छ ।   यसैबीच विद्यालयका सहायक प्रिन्सीपल विर बहादुर बोहोरा क्षेत्रीले हरितगृह प्रभावका कारण पृथ्वीको वातावरण बिग्रिँदै गएको बताउनुभयो । पृथ्वीको संरक्षणका लागि समुदाय स्तरबाट सबै जना एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो कार्यक्रममा विद्यार्थीहरुले विद्यालय वरपरको वातावरण हरियाली सफा, स्वच्छ र हराभरा बनाउन सामुहिक रुपमा वृक्षारोपण समेत गरेका छन ।

दिवसको दिनमात्रै नभएर सधैँभरि वातावरणलाई स्वच्छ र सफा राख्नका लागि सबैको साथ र सहयोग आवश्यकता रहेको र जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *