बरंजामा जारी खुल्ला भलिबलको सेमीफाइनल समिकरण पूरा

आदर्श अनलाइन, म्याग्दी
धुले पर्व–२०८१ को अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । बरंजाको ५४ कुरिया मगरहरुको पुख्र्यौली परम्परा धुलेको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको खुल्ला भलिबल तर्फको क्वाटर फाइनलका खेल सकिए पछि सेमीफाइनलको समिकरण पुरा भएको हो ।

बरङ्जामा भएको पहिलो क्वाटर फाइनलमा धुलेमेला संरक्षण समितिलाइ पराजित गर्दै बेनी नगरपालिका–४ थामडाँडाले सेमीफाइनलमा स्थान बनाएको छ । त्यस्तै अर्को क्वाटर फाइनलबाट मिलन युवा क्लब सिर्कुम र पोखरा महानगरपालिका हेम्जाले सेमीफाइनलमा स्थान बनाएका छन् । त्यस्तै जिवाईसी आर्भाङलाइ पराजिट गर्दै राष्ट्रिय युवा संघ जिल्ला कमिटी म्याग्दीले सेमीफाइनलमा स्थान बनाएको को अफिसियल संयोजक जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघ म्याग्दीले २३–२५,२५–२०, १७–२५ र २३–२५ को सेटमा आर्भाङलाई पराजित गरेको हो । त्यस्तै हेम्जाले पिंगे खर्कलाई ८–२५, २१–२५ र २०–२५ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको बानियाँले जानकारी दिनुभयो ।

धुलेको अवसरमा आयोजिति कक्षा ६–८ सम्मको दौड प्रतियोगिता, आमा समूह स्तरीय लोकगीत प्रतियोगिता सम्पन्न भै सकेको छ भने प्रौढ भलिबल, खुल्ला पुरुष भलिबल जारी रहेको धुले मेला संरक्षण समितिका अध्यक्ष रनबहादुर रोका मगरले जानकारी दिनुभयो । त्यस्तै महिला भलिबल र तारा खेल प्रतियोगिता शुरु हुन बाँकी रहेको उहाँको भनाई छ । खुल्ला (सो डान्स) नृत्य प्रतियोगिता पनि सञ्चालनमा रहेको उहाँको भनाई छ ।

५४ कुरिया मगरहरुले हरेक वर्षको जेठ महिनामा मनाउने धुले पर्वको औपचारीक विधि १७ गते बिहिबार सकिए पछि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *