सामुदायिक विद्यालय सुधार्ने अभियान

आदर्श अनलाइन, बागलुङ

शिक्षाविद् प्रध्यापक डा. विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक संगै हड्निु पर्ने बताउनुहुन्छ ।

जनसंख्यामा आएको कमीका कारण विद्यार्थी घट्नुलाई स्वभाविक मान्दे गुणस्तरीय शिक्षामा ध्यान दिन सकेमा सामुदायिक विद्यालय अब्बल बन्न सक्ने विभिन्न उदाहरण पेश गर्दै उहाँले विद्यार्थीलाई समेत उद्यमी बनाउने र आय आर्जनमा जाड्ने खालको सीपले अभिभावकलाई समेत फाइदा पुग्ने बताउनुहुन्छ ।

‘हामी सधाछौं, हाम्रो विद्यालय’ भन्ने नाराका साथ सामुदायिक विद्यालय सुधार गर्ने राष्ट्रव्यापि अभियान अन्र्तगत बिहिबार गण्डकी प्रदेशस्तरीय शैक्षिक सम्मेलनको बागलुङमा सहजीकरण पछि उहाँले मर्ज भएर खाली भएका विद्यालयमा पौढ शिक्षा, व्यवहारिक ज्ञान दिन सकिने बताउनुभयो ।

“जानेको सीप सिकाउदै विद्यार्थीलाई व्यवहारिक बनाउने पढ्न नसकेपनि जीवन बाच्न सक्दछ, मर्ज भएका सामुदायिक विद्यालयमा घरबास, घरेलु उद्योग तथा व्यवहारिक शिक्षा सिकाउने थलोका रुपमा विकास गर्ने, बालबालीकालाई अनिवार्य बचतको योजना ल्याउने र अभिभावकले सहयोग गर्ने” कोइरालले शिक्षाका अगुवालाई भन्नुभयो “शिक्षाको उद्गम स्थिल समाज हो, समाजले बनाएको व्यवस्थापन समितिले विद्यालयमा धेरै काम गर्न सक्छ सिंगो समाजलाई विद्यालयको हितमा डो¥याउन सक्छ, समाजले सहयोग गरेका विद्यालय सफल भएका छन् ।”

विद्यालयको पहिलो अनुगमन कर्ता विद्यार्थी र दोस्रो अनुगमनकर्ता अभिभावक रहेकाले शिक्षक सदैव चनाखो हुँन आवश्यक रहेको उहाँको तर्क छ । अहिलेका शिक्षकहरु आफ्नो दक्षता र क्षमता देखाउनै नमान्ने खालका छन्, खुबी भएर समेत देखाउन नमान्ने शिक्षकले आफ्नो विकास गर्न जरुरी रहेकाले शिक्षक प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघले ‘परिवर्तनको अगुवाई विद्यालय भित्रबाट भन्दै सामुदायिक विद्यालयको सुधारमा रचनात्मक काम गर्दै आएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेशले बागलुङ जिल्लामा शैक्षिक क्षेत्रमा भइरहेको निराशालाई उर्जा भर्नका लागि शैक्षिक अन्तरक्रिर्या र उत्प्रेरक कार्यक्रम आयोजना गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिले विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापकवीच राम्रो समन्वय भएमा मात्रै विद्यालयको भौतिक र शैक्षिक सुधारमा फड्को मार्न सकिने अन्तरक्रिर्या कार्यक्रममा सहभागी सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए । शैक्षिक अन्तरक्रिर्या कार्यक्रममा प्रशिक्षक, पूर्ण प्रसाद दवाडीले अभिभावक परिचालन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दवाडीले अभिभावक र समाजले चाहेमा सामुदायिक विद्यालय शैक्षिक र गुणस्तर क्षेत्रमा अब्बल बन्न सक्ने बताउनुभयो ।

अन्तरक्रिर्या कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष गुणराज मोक्तानले विद्यालय सुधारमा सामुदायिक विद्यालय व्यवस्थापन समितिको अभियानका विक्षयमा जानकारी दिनुभएको थियो । उहाँले सामुदायिक विद्यालय व्यवस्थापन महासंघले सामुदायिक विद्यालयको सुधारको लागि देशव्यापी अभियान चलाइएको बताउँदै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रिर्या कार्यक्रममा समुदाय र व्यवस्थापन समितिको अगुवाईमा शैक्षिक क्षेत्रमा फड्को मारेको बागलुङ नगरपालिका–१४ स्थित गणेश माध्यामिक विद्यालय र भौतिकरुपमा फड्को मारेको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौरको वृत्तचित्र समेत देखाइएको थियो ।

गण्डकी प्रदेश सांसद डिल्लिराम सुवेदीले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालय व्यवस्थापन समितिले सक्रियताका साथ काम गरे राम्रो नतिजा ल्याउन सकिने उदाहरण बागलुङमै रहेको बताउनुभयो । अन्तरक्रिर्या कार्यक्रममा गरिएको कार्यपत्र प्रस्तुत, सहजीकरण र धारणासंकलनबाट १९ बुँदै बागलुङ घोषणा पत्र जारी गरिएको छ । बागलुङमा आयोजना गरिएको प्रदेशस्तरीय शैक्षिक अन्तरक्रिर्या कार्यक्रमले समग्र बागलुङको शिक्षा क्षेत्रको विकासमा सहयो पु¥याउने सामुदायिक विद्यालय व्यवस्थापन समितिका गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापाले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले सफल विद्यालय र असफल विद्यालयका विशेषताहरुको विषयमा सहभागी शिक्षक, प्रधानध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले गर्नु भएको थियो । उद्घाटनपछि बाल्दै खड्काले सामुदायिक विद्यालय नीजिभन्दा अब्बल बन्न थालेको बताउँदै विद्यार्थीको संख्याभन्दा गुणस्तर बढाउन सामुदायिक विद्यालय लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रम समुदायिक विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापाको अध्यक्षता, भवानी प्रसाद रिजालको स्वागत तथा भावना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *