अन्नपुर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी तीव्र

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि तयारी तीव्र रुपमा अगाडी बढाएको छ । बालमैत्री स्थानिय तह घोषणाको कार्य गर्नका लागि विद्यालयका सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न विद्यालयस्तरीय सरोकारवाला निकायबीच अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर गरिएको हो ।

अन्नपुर्ण गाउँपालिका–८ को राम्चेमा सरोकारवालाहरु विच अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणाका लागि सरोकारवालालाई अभिमुखीकरण गर्नुका साथै प्रतिबद्धता जाहेर गरिएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

वडाध्यक्ष गर्बुजाले सबै सरोकारवाला निकायको सहयोगमा वडालाई तोकिएको समय अवधिभित्रै बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिने बताउनुभयो । उहाँले अभिमुखीकरण तथा प्रतिबद्धता जाहेर कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता जनाइसकिएको हुँदा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला सबैले प्रतिबद्धताअनुसार आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक अबिर गर्बुजाले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँनुभयो । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका सदस्य एवं प्रमुख प्रशिक्षक साहिल अन्सारीले बालअधिकार, बाल अधिकारका सिद्धान्त, संवैधानिक व्यवस्था र बालमैत्री स्थानीय शासनका सूचकहरुको विषयमा सहजीकरण गर्नुभएको थियो ।

सामाजिक विकास कार्यालयका भविलाल शर्माले बालमैत्री स्थानीय शासन घोषणा गर्दा स्थानीय तह, संघसंस्था, अभिभावक र बालबालिकाले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो ।

स्थानीय तह तथा वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि बाल अधिकारका चार आयामहरुका विभिन्न ५१ वटा सूचकहरुको सर्वेक्षण गरी अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ राम्चेले बालमैत्री स्थानीय शासन स्थितिपत्र–२०८० प्रकाशन गरेको छ ।

सो स्थिति पत्र अनुसार अधिकांश सूचकहरु पूरा भएको र पूरा नभएका सूचकहरु पूरा गरी २०८२ सालको चैत मसान्तभित्र वडा र अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यक्रममा वडाबाट आवश्यक सहयोग गर्ने र गराउने कार्यमा गाउँपालिकाबाट जारी नीति, नियम तथा आचारसंहिताप्रति सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *