ओशो अमृतम ध्यान केन्द्र बागलुङको ध्यान मन्दिर शिलान्यास


आदर्श अनलाइन, बागलुङ
ओशो अमृतम ध्यान केन्द्र बागलुङको ध्यान मन्दिर शिलान्यास गरिएको छ । बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र ओशो भवन पोखराका अध्यक्ष योगानन्दले शनिबार संयुक्त रुपमा ध्यान मन्दिरको शिलान्यास गर्नु भएको हो ।

ध्यान मन्दिर बागलुङ नगरपालिका वडा नम्बर १० विरौटामा निर्माण गर्न लागिएको छ ।
बागलुङ, पोखरा, म्याग्दी र पर्वतबाट आएका ओशो सन्यासीले बागलुङमा ओशोको ध्यान मन्दिर बन्न लागेकोमा खुसी व्यक्त गरेका थिए ।



मन्दिरको शिलान्यास पछि बोल्दै बागलुङ बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *