शैक्षिक गुणस्तर वृद्धि गर्न समुदायसँग सम्बन्ध स्थापित गरिँदै

आदर्श अनलाइन, बागलुङ
समुदायसँग सम्बन्ध स्थापित गरि शैक्षिक गुणस्तर वृद्धिका लागि ढोरपाटनको एक विद्यालयले अभिभावक भेटघाट तथा टोल समिति निमार्ण गर्न थालेको छ । ढोरपाटन नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयले ‘समुदाय, अभिभावकसँग शिक्षक र विद्यालय व्यवस्थापन समिति’ कार्यक्रम अन्तरगत शनिवारका विद्यालयले निर्धारण गरेको टोल नम्बर १ को द्ववाल, फल्याघर, गाईखोरी, भित्रीवन र रुद्रतालको अभिभावकसँग भेटघाट तथा टोल समिति निमार्ण गरेको हो ।

अभिभावकसँगको भेटघाटमा आफ्ना बालबालिकाले गृहकार्य गर्ने समय व्यवस्थापन गर्ने, समयमा विद्यालय पठाउने, सरसफाइमा विशेष ख्याल गर्ने, नियमित स्कुल पोषाकमा विद्यालय पठाउने, नियमित क्रियाकलाप विद्यालयमा जानाकारी गराउने र कम्तिमा दुई महिनामा एक पटक विद्यालयमा अभिभावक उपस्थित हुने गरि सम्झैतासमेत गरेको विद्यालयका शिक्षक शिव चालिसेले जानकारी दिनुभयो ।

विद्यालयको सेवा क्षेत्र भित्रका सबै ठाउँ समेटी ९ वटा टोल निर्धारण गरिएको उहाँको भनाइ छ । क्रमिक रुपमा सबै टोलहरुमा टोल भेला तथा करार सझैता र अभिभावक सचेतता कार्यक्रम संञ्चालन गरिने चालिसेले बताउनुभयो ।

शनिबार थतिमा रुद्रताल प्रावि फल्यघरको प्रङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम विद्यालय वडाका जनप्रतिनिधि, व्यवस्थापन समितिका अभिभावकको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *