कृषि प्रधान देशमा कृषि उपजमै बढ्दो परनिर्भरता

सरोजराज पन्त
नेपाल एक कृषि प्रधान देश हो । राष्ट्रिय जनगणना २०७८ अनुसार ६० प्रतिशत मानिस कृषि पेशामा सम्लग्न रहेका छन । विश्वका विकसित राष्ट्रमा १५ प्रतिशत मानिस कृषिमा आश्रित हुँदा देशलाई आवश्यक पर्ने सम्पुर्ण उत्पादनमा आत्मनिर्भर बनेर अन्य राष्ट्रमा निर्यात गरी बिदेशी मुद्रा आर्जन गर्न सफल रहेका छन् तर नेपालमा ६५ प्रतिशत मानिसहरु कृषिमा आवद्ध हुँदा औसतमा ६ महिना खानसम्म पुग्ने अवस्था छैन ।

कृषिप्रधान देश नेपालले एक वर्षेनी अरबौ रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ । नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश, अमेरिका, दक्षिण अफ्रिकाबाट समेत आयात गर्नुले परनिर्भरता कति छ भन्ने स्पष्ट हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएकोमा यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको धान/चामल भारतबाट मात्रै आयात भएको छ । यसैगरी चीन, अमेरिका, इन्डोनेसिया, जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात हुर्दै आएको छ । यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएकोमा भारत, चीन, अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट आयात भएको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको हरियो तरकारी, २१ अर्ब रुपैयाँको फलफूल, साढे नौ अर्ब रुपैयाँको चिया÷कफी आयात हुनुले उत्पादन गर्न सक्ने क्षेत्रमा समेत उत्पादन निराश जनक रहेको छ । नेपालीहरु सुविधाभोगी बन्दै जाँदा सुखसयलका सामग्रीको आयात दिनहुँ बढ्दै गएको छ । यसैगरी ९७ अर्ब ३७ करोड रुपैयाँका गाडीहरु नेपाल भित्रिएका छन् । ३४ अर्ब रुपैयाँ भन्दा धेरैका मोबाइल, फोन र पाटपूर्जा आयात भएको छ । यस्तै ६४ करोड ५८ लाख रुपैयाँको घडी मात्रै आयात भएको छ । रक्सी, तास, कस्मेटीक सामान, जिउँदो जनावर, बिउ , आलु, प्याज, लसुन, टमाटर लगायत विभिन्न हरिया तरकारी तथा फलफूलहरु, चिया, कफी, दुग्धजन्य पदार्थ, माछाजन्य पदार्थ, खानेतेल आयात भएको छ । यसबाहेक रासायनिक मल १५ अर्ब रुपैयाँको आयात भएको छ । दाल, मसला, घीउ लगायत अन्य कृषिजन्य वस्तु करोडौं मूल्यको आयात हुने गरेको छ ।

अघिल्लो वर्ष ८७ अर्ब ३७ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा यस वर्ष ९१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिजेल नेपाल भित्रिएको छ । फलामको सामग्री बनाउन प्रगोग हुने एमएस बिलेट अघिल्लो वर्ष ४२ अर्ब २३ करोडको आयात भएकोमा गत वर्ष सो परिमाण बढेर ७१ अर्ब ५३ करोड भन्दा धेरै पुगेको छ । यस्तै भटमासको कच्चा तेल, दाल, मसला, घीउलगायत अन्य कृषिजन्य वस्तुहरु पनि करोडौं मूल्यको आयात गरेको छ । यस्तै मोबाइल फोन, एलपी ग्यास, पेट्रोल, रेडिमेट गार्मेन्ट, पोलिथिन, दात खोजल्ने सिन्का, नुन देखि सुनसम्म आयात गर्ने नेपालले यो कोरोना कहरमा पनि अघिल्लो आबको तुलनामा गत आव सुनको आयात दोब्बर गरेको छ । कृषिमुलुक नेपालले अधिकांश कृषिजन्य वस्तु आयात गरी स्वदेशी रुपैया बिदेशमा पढाएको छ । नेपालमा उत्पादन गर्न सकिने धान, चामल, मकै, गहुँ, फापर, जिउँदो जनावर, बिउ (तरकारी तथा फलफूल), तरकारी, चिया, कफी, दुग्धजन्य पदार्थ, माछाजन्य पदार्थ, खानेतेल र फलफूल आयात भएको छ । यसबाहेक रासायनिक मल १५ अर्ब रुपैयाँको आयात भएको छ । समग्रमा गएको आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गरेकोमा जम्मा एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ । नेपालको व्यापार घाटा एकै वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

अहिले परम्परागत सिचाइको माध्यम कुलो–नाला नाश गरेको नेपालमा धेरै नेपालीले भात खाने गरेका छन् । राम्रो बीउको अभाव छ । पुरानो बीउको उत्पादकत्व कम हुन्छ । हरेक वर्ष वा २–३ वर्षमा फेर्नुपर्छ तर त्यो हुन सकेको छैन । उन्नत बीउ प्रयोग गर्दा १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिन्छ । कृषि मन्त्रालयले गत वर्ष उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान र उन्नत बीउ प्रयोगकर्तालाई मूल्य अनुदान कार्यक्रम सञ्चालन गर्ने भने पनि कार्यान्वयमा समस्या रह्यो । कृर्षिका अनकौ चुनौतीहरुमध्ये कृषिमा प्रविधिको प्रयोग गर्नु हो । नेपालमा ‘पुरानो आधुनिक प्रविधि’ समयानुकूल परिस्कृत गर्नु र सरकारको लगानी बढाउन नसकिनु अर्को समस्या हो ।

कृषि विज्ञका अनुसार दक्षिण एशियामा नेपालको उत्पादकत्व निकै कम छ । हरेक वर्ष मलखादको प्रयोग बढ्नुपर्ने तर त्यसको भरपर्दो अबस्था छैन । सिचाइ पनि निकै अनिश्चित छ, त्यसैले आकाशे पानीको भर पर्नुपर्ने भएकाले उत्पादकत्व बढ्ने सम्भावना कम छ । उत्पादनशील जग्गा खण्डीकरण भइरहेका छन । घडेरीको रूपमा विकास गरिँदैछ । कृषियोग्य जग्गा बाँझो हुनु र बर्सेनि प्लटिङ हुँदै जानु, दक्ष जनशक्ति वैदेशिक रोजगारका लागि पलायन हुनु, खेतीयोग्य जग्गामा सिँचाइ अभाव, लागत खर्च अत्यधिक हुनु, रेमिट्यान्सको प्रभाव पर्नु, क्रयशक्ति बढ्दै जानुलगायत कारण आयात उच्च भएको छ । २०४० सालसम्म नेपालबाट भारत र तेस्रो मुलुकमा कृषिजन्य वस्तु निर्यात गर्दन्थ्यो । त्यो बेला सरकारले धान चामल निर्यात गर्न कम्पनी खडा गरी बंगलादेश, भारत, जर्मनी, कोरिया, चीन, मलेसिया र अमेरिकालगायत मुलुकमा चामल निर्यात गर्ने गरेको थियो ।

सरकारले आयात तथा निर्यात सम्बन्धी नीतिमा आवश्यक सुधारगर्न कृषि उत्पादन बिशेष ध्यान दिएर आत्मनिर्भर बन्न सक्दछ । यद्यपि नेपालमा उत्पादित कृषि उपजहरु बजारसम्म पुग्न नपाई खेर जाने अबस्था छ भने आयातित वस्तुहरु हिमाल, पहाड र तराईसम्म सहजै पुगिरहेका छन् । कृषि क्षेत्रमा बिचौलियाको बिगबिगी दिनहँु बढिरहेको छ । उनीहरुले मूल्य र गुणस्तरमा दोष देखाएर किसानबाट कम मूल्यमा खरीद गर्ने, बढी मूल्यमा बिक्री गरी कृषकलाई शोषण गरिरहेका छन । राज्यले सही समयमा उपयुक्त तरीकाले कृषि क्षेत्रमा लगानी गरी,उत्पादन ,व्यवस्थापन र प्रयोगमा उपयुक्त रणनीति बनाएर समस्या समाधान गरेन भने कृषिमा गरेको लगानी बालुवामा पानी हाले झै भईरहने नै छ ।

जमीनको स्वामित्व र प्रयोगको अवस्था हेर्दा जसको जमीन छ उसले खेती गर्देन, जसको जमीन छैन उसले खेती कहाँ गर्ने भन्ने समस्या छ । उत्पादन हुने जग्गा पलटिङ्ख गरी सकिदैछ, गाउँमा युवा छैनन, भुराभुरीर बुढाबुढीमात्र छन । खेती गर्ने जो किसान तयार छन्, कृषि क्षेत्रमा गरेको लगानी नउठेर हैरान छन खेर गएका वस्तुबाट व्यावसायिक अवसरहरू पहिचान गर्न सकिन्छ भन्ने ज्ञानको अभावले कृष्मििा विविध सम्भावनाको खोजिगर्न सकिएको छैन जसमा केरा र मेवाको फलबाट तरकारी, अचार, जाम, जूस, जेली, सर्वत र सस आदि र पातबाट टपरी, कम्पोष्ट मल सहज रुपमा उत्पादन गर्न सकिन्छ । लप्सीबाट क्याण्डी, जाम–जेली, अचार,अल्लो (चाल्ने सिस्नो)बाट कपडा बनाउन सकिन्छ । जडीबुटीको हिसाबले नागवेली, सुनाखरी, सुगन्धित तेल उत्पादन गरि आत्मनिर्भर बन्न सकिन्छ । यस्तै च्युरीबाट हर्वल साबुन उत्पादन गर्न सकिन्छ । जुनार तथा सुन्तलाको खेर गइरहेको फूल प्रशोधन गरी सुगन्धित तेल निकाल्न, बोक्राबाट पाउडर, क्रिम बनाउन सकिन्छ । अहिलेको सकटमा बाझो ,फालिएको जग्गामा कम्तिमा केरा र मेवा लगाउन सकेमा आफनो परिवारलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

जमीनको स्वामित्व र प्रयोगको अवस्था हेर्दा जसको जमीन छ उसले खेती गर्देन, जसको जमीन छैन उसले खेती कहाँ गर्ने भन्ने समस्या छ । उत्पादन हुने जग्गा पलटिङ्ख गरी सकिदैछ, गाउँमा युवा छैनन, भुराभुरीर बुढाबुढीमात्र छन । खेती गर्ने जो किसान तयार छन्, कृषि क्षेत्रमा गरेको लगानी नउठेर हैरान छन खेर गएका वस्तुबाट व्यावसायिक अवसरहरू पहिचान गर्न सकिन्छ भन्ने ज्ञानको अभावले कृष्मििा विविध सम्भावनाको खोजिगर्न सकिएको छैन जसमा केरा र मेवाको फलबाट तरकारी, अचार, जाम, जूस, जेली, सर्वत र सस आदि र पातबाट टपरी, कम्पोष्ट मल सहज रुपमा उत्पादन गर्न सकिन्छ । लप्सीबाट क्याण्डी, जाम–जेली, अचार,अल्लो (चाल्ने सिस्नो)बाट कपडा बनाउन सकिन्छ । जडीबुटीको हिसाबले नागवेली, सुनाखरी, सुगन्धित तेल उत्पादन गरि आत्मनिर्भर बन्न सकिन्छ । यस्तै च्युरीबाट हर्वल साबुन उत्पादन गर्न सकिन्छ । जुनार तथा सुन्तलाको खेर गइरहेको फूल प्रशोधन गरी सुगन्धित तेल निकाल्न, बोक्राबाट पाउडर, क्रिम बनाउन सकिन्छ । अहिलेको सकटमा बाझो ,फालिएको जग्गामा कम्तिमा केरा र मेवा लगाउन सकेमा आफनो परिवारलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

जमीनको स्वामित्व र प्रयोगको अवस्था हेर्दा जसको जमीन छ उसले खेती गर्देन, जसको जमीन छैन उसले खेती कहाँ गर्ने भन्ने समस्या छ । उत्पादन हुने जग्गा पलटिङ्ख गरी सकिदैछ, गाउँमा युवा छैनन, भुराभुरीर बुढाबुढीमात्र छन । खेती गर्ने जो किसान तयार छन्, कृषि क्षेत्रमा गरेको लगानी नउठेर हैरान छन खेर गएका वस्तुबाट व्यावसायिक अवसरहरू पहिचान गर्न सकिन्छ भन्ने ज्ञानको अभावले कृष्मििा विविध सम्भावनाको खोजिगर्न सकिएको छैन जसमा केरा र मेवाको फलबाट तरकारी, अचार, जाम, जूस, जेली, सर्वत र सस आदि र पातबाट टपरी, कम्पोष्ट मल सहज रुपमा उत्पादन गर्न सकिन्छ । लप्सीबाट क्याण्डी, जाम–जेली, अचार,अल्लो (चाल्ने सिस्नो)बाट कपडा बनाउन सकिन्छ । जडीबुटीको हिसाबले नागवेली, सुनाखरी, सुगन्धित तेल उत्पादन गरि आत्मनिर्भर बन्न सकिन्छ । यस्तै च्युरीबाट हर्वल साबुन उत्पादन गर्न सकिन्छ । जुनार तथा सुन्तलाको खेर गइरहेको फूल प्रशोधन गरी सुगन्धित तेल निकाल्न, बोक्राबाट पाउडर, क्रिम बनाउन सकिन्छ । अहिलेको सकटमा बाझो ,फालिएको जग्गामा कम्तिमा केरा र मेवा लगाउन सकेमा आफनो परिवारलाई आत्मनिर्भर बनाउन सकिन्छ । यसैगरी कृषि पेशा अन्तर्गत बागवानी, पशुपालन, अन्नबाली, नगदेबाली, दुग्ध उत्पादन, मत्स्यपालन, तरकारी खेती आदि पर्दछन् । पशुपालनमा गाई, भैँसी, बाख्रा, कुखुरा, माछा, हाँस, परेवा आदि घरपालुवा जनावरको ब्यवसायबाट प्रसस्त फाइदा लिन सकिन्छ ।

अब पहाडी देश स्विजरल्याण्डको विकास प्रणाली र स्रोत व्यवस्थापन, प्राकृतिक स्रोत साधनले कमि जापानको कार्य पद्धति, मरुभूमिको देश इजरायलको विकास प्रणालीबाट हाम्रो देशले पाठ सिकेर विकास र दिगो विकासलाई आत्मसाथ गर्नुपर्दछ । यसका लागि योग्य जनशक्ति उत्पादन गरी सदैव क्रियाशिल, परिणाममुखि काम , आत्म विश्वास, एकताको भावना र स्रोत साधनको पूर्ण प्रयोग गर्ने इच्छाशक्ति सरकारमा र पाखुरीमा वल सबै जनतामा हुनु पर्दछ । देशको भौगोलिक अवस्था र स्रोत, साधन सम्भावना अनुसार कार्ययोजना बनाएर कृषि कार्यमा अगाडि बढेन सके हिमालमा धान नफल्ला तर पशुपालन, स्याउ, गेडागुडी, फापर, कोदो, जौ, ओखर, जडीवुटी र पर्यटनबाट मनग्य आर्जन गर्न सकिन्छ । पहाडमा उब्जनी कम होला तर लटरम्म फलफूल खेती, कोदो,मकै, अलैची, चिया, पशुव्यवसाय र खानीबाट जीवन स्तर उठाउन सकिन्छ । पशुपालन, घरेलु तथा साना उद्योग चलाउन र पर्यापयटन सम्भव छ । तराईमा तराई क्षेत्रमा सुन खानी नपाइएला तर सुन रुपि अन्न खाध्य तथा नगदे वाली फलाउन, मझौला तथा ठुला उद्योग चलाउन र पशुव्यवसायबाट देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

परिवर्तनशील र गतिशील समयलाई पछाउन नसके मानिसको अस्तित्व रहन सक्दैन । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामात्र ल्याएर मात्र पुग्दैन । युवाहरुलाई बिदेश पठाउनु र रेमिटान्स भित्राउनुलाई गौरव मान्ने मानसिकता तोड्नु जरुरी छ । नारालाई व्यवहारमा उर्तान स्वदेशमा रमाएर कमाउने र राज्यलाई कर तिर्ने वातावरण सृजना गर्न नेपाल सरकारकाले विभिन्न निकायसँगको सहकार्य गरी युवाहरुको समृद्धिकामा लाग्न आवश्यक छ । नेपाली युवाहरुमा स्बदेशमा सीप सिकेर, घरमै बसेर थोरै लगानीबाट उद्यम गरेर सुखी र खुसी जीवन जिउन सकिन्छ भन्ने बिस्वास र आशा जगाउन जरुरी छ । युवाहरुले पनि समाज र नेपाल आमालाई के दिन सक्छु भन्ने नविन सोच, उत्साह र चिन्तन बोकी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशील, लगनशील, कर्तव्यनिष्ट भई अगाडि बढ्नु अत्यन्त आवश्यक छ ।

विदेशमा गएर अप्ठ्यारोमा परेका नेपाली युवाहरुलाई समृद्धिका लागि कृषि तथा गैर कृषि क्षेत्रमा आय आर्जन सम्बन्धी सम्भाव्यता खोजी लघु, घरेलु तथा साना उद्यम सन्चालन गर्न र ग्रामीण गरिब निराकरण गर्न कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक छ । जिल्लाको भुगोल, वातावरण, स्रोत साधनको उपलधताको अध्ययनगरी सम्भावना र औचित्यको आधारमा उत्पादन पकेट क्षेत्रको रूपमा परिचित गराएर स्थानिय कृषक, वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई प्रेरित गरी ग्रामीण स्तरमा रहेका लाभग्राहीहरूलाई समान पहुँच पु¥याउने, क्षमता विकास गर्न कर्जा प्रवाह गर्ने, कृषक समूह, व्यापारी, सेवा प्रदायक र सरोकारवाला निकायहरूलाई जोड्न कृषकसँग बजारीकरण, व्यापारी र उत्पादन जोडने तथा बचत गर्ने बानीको विकास गराउने, युवा युबतीहरुलाई कृषि तर्फ आकर्षित गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने, आधुनिक कृषिकार्यबाट थोरै जमिन भएका किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाएर आर्कर्षित गर्ने किसिमका कार्यक्रम ल्याउन र अबिलम्ब कार्यान्वयन गर्न जरुरी छ । युवाहरूलाई उन्नत कृषि तथा पशुपालन पद्धतिको अनुसरण, ज्ञान र सीप आदान प्रदान गर्न समय समयमा अध्ययन अवलोकन भ्रमण, आर्थिक सहयोग र प्राविधिक सहयोग, गुणात्मक परिवर्तन र सकारात्मक धारणाको विकासकालागि वित्तीय शिक्षा र व्यावसायिक तालिम, बजार व्यबस्थापनमा सहयोग तथा सहजीकरण गरी लाभान्वित गर्न /गराउन अति आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *