नगरपालिकामा निरन्तर मुल्याङ्कन सम्बन्धी तालिम समापन


आदर्श अनलाइन, म्याग्दी

बेनी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका शिक्षकहरुलाई निरन्तर मुल्याङ्कन सम्बन्धी अभिमुखिकरण गरेको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रम अनुरुप नगरपालिका भित्रका शिक्षकहरुको लागि तीन दिवसीय तालिम आयोजना गरिएको थियो । जेठ २७ देखि शुरु भएको तालिमको २९ गते समापन भएको हो । तालिममा नगरपालिका भित्रका शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखाका अधिकृत कमल ढकालले जानकारी दिनुभयो ।

बेनी नगरपालिका क्षेत्र भित्र रहेका ५५ सामुदायिक विद्यालय रहेको भएतापनि ५२ विद्यालयबाट तालिममा सहभागिता रहेको नगरपालिकाले जनाएको छ । सबै विद्यालयहरुबाट एकएक जना सहभागि गराउने लक्ष्य लिएको भए पनि तीन वटा विद्यालयबाट उपस्थिति हुन नसक्दा ५२ जनाले मात्रै तालिममा भाग लिएको ढकालको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *