भकुण्डेमा विद्यार्थी तथा अभिभावकका लागि आँखा शिविर

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे स्थित चौतारेडाँडा माध्यमिक विद्यालयका विद्यार्थी तथा अभिभावकका लागि आँखा शिविर सोमबार सम्पन्न भएको छ ।

चौतारेडाँडा माविको जुनियर रेडक्रस सर्कलको आयोजना, बागलुङ जेसीजको सह–आयोजना, सफल चश्मा तथा आँखा क्लिनिकको प्राविधिक सहयोगमा बृहत आँखा शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा विद्यालयका १६५ जना विद्यार्थी र १४५ जना अभिभावक गरी जम्मा ३१० जनाको आँखा उपचार गरिएको थियो । शिविरको उद्घाटन बागलुङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तिल बहादुर थापाले गर्नुभएको थियो ।

शिविरमा आँखा सम्बन्धि परामर्श तथा उपचारमा नेत्र सहायक गणेश महतोले सहजिकरण गर्नुभएको थियो । त्यस्तै बागलुङ नगरपालिका स्वास्थ्य शाखा तथा स्थानिय भिम बहादुर किसानले औषधी सहयोग गर्नुभएको थियो ।

शिविर चौतारेडाँडा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविलाल किसानको अध्यक्षता, सुमित्रा रिजाल पौडेलको स्वागत तथा शिक्षक यज्ञराज अवस्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *