अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी


खेमराज गौतम, बागलुङ
विषादी युक्त कृषि उपजले बजार लिइरहेको सन्दर्भमा बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक उपजलाई बजार चिनाउन व्यस्त हुनुहुन्छ । गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने र बजारमा अर्गानिक बस्तुको अभाव देखेपछि राजभण्डारीले अर्गानिक कृषि उपजको बजारीकरण गर्न थालेको चार वर्ष वित्यो ।

गाउँको कृषि उपजलाई बजार संग जोड्न सकेमा उपभोक्ताको स्वास्थ्यमा समेत सकरात्मक असर पर्ने दखेपछि राजभण्डारीले महालक्ष्मी अर्गानिक खाद्य उद्योग मार्फत अर्गानिक कृषि उपजको बजारीकरण गर्नुभएको छ ।

चार वर्ष अघि बागलुङ बजारमा तोरीको तेल उद्योग सञ्चालनमा ल्याउनभएको राजभण्डारीले बिस्तारै गाउँको अर्गानिक कृषि उपजलाई बजारसम्म ल्याएर विक्रि गर्न थाल्नुभएको हो । शुद्ध तोरीको तेल उत्पादन गरी आयातित तेललाई विस्थापित गर्दै आउनुभएको राजभण्डारीले तेल प्रशोधन संगै अर्गानिक कृषि उपजलाई गाउँ–गाउँबाट खरिद गरेर बागलुङ बजार ल्याएर विक्रि गर्दै आउनुभएको छ ।

राजभण्डारीले ताराखोलाको भाङ्गो, टिुमर, सिस्नो, भट्टमास, घ्यू, तोरीको तेल, गुन्द्रक, ढकायोको साग, फापरको पीठो, कोदोको पीठो, मकै र जौको च्याँख्ला, ताराखोलामा उत्पादन भएको रन्बो ट्राउट माछा लगायतका बस्तुहरु विक्रि गर्दै आउनुभएको थियो ।

“अर्गानिक खानाका परिकार मन चाहिने मेरो स्वभाव थियो, बागलुङ बजार सहित बागलुङ जिल्लामा विभिन्न एक दर्जन उद्योगहरु सञ्चालनमा ल्याइसकेको अनुभव छ, चार वर्ष अघि शुद्ध तोरीको तेल उत्पादन गर्नका लागि प्रशोधन उद्योग सञ्चालनमा ल्याएको थिए, पछि उक्त उद्योगमा तेल लिन आउने उपभोक्ताको माग अनुसार गाउँमा उत्पादन भएको अर्गानिक आलु देखि घ्यू सम्म, भाँगो देखि अण्डा सम्म विक्रि गर्न थाले” राजभण्डारीले भन्नुभयो “जस्ले अर्गानिक बस्तुको महत्व बुझेका मात्रै महङ्गो पर्ने कृषि उपज खरिदका लागि उद्योगमा आउछन्, विषयमा जानकार छन् उनिहरुमात्रै मेरा ग्रहाक छन्”

उद्योगमा जिल्ला बाहिरको आयातित सामाग्री बिक्रि नुहँने राजभण्डारीको भनाई छ । स्वास्थ्यबद्र्धक बस्तु उपभोगका लागि मात्रै मेरो उद्योगमा खरिद गर्न आउने गरेको बताउदै राजभण्डारीले पछिल्लो समय अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण अर्गानिक कृषिउपजको खोजी हुँन थालेको जानकारी दिनुभयो । मिसावट तेल खानेतेल बजारमा आउनथालेपछि शुद्ध तोरीको तेल उत्पादन गर्न थालेपछि उपभोक्ताको रोजाइमा पर्न सफल भएको राजभण्डारीको भनाई छ । ५८ वर्षका राजभण्डारीले जीवनकालमा समेत एक दर्जन भन्दा बढी उद्योग स्थापना गरी सञ्चालनमा ल्याइसक्नुभएको छ ।

विशेषगरी बागलुङको ताराखोला गाउँपालिकामा उत्पादन हुँने कृषि उपजको मुख्य बजारीकरण राजभण्डारीले गर्दै आउनुभएको छ । तोरीको तेल विदेशमा कोसेलीका रुपमा लैजाने गरेको बताउदै राजभण्डारीले अर्गानिक कृषि उपज बजारमा पाइने कृषि उपजको तुलनामा दोब्बर बढी मुल्य पर्ने गर्दछ ।

“थोरै खाने तर अर्गानिक र शुद्ध खाने भने शरिरलाई फाइदा गर्दछ, गाउँको सिन्की, टिमुर,भागो, तोरीको तेल, घ्यु र फापर जस्ता कृषि उपज प्रगोग नगरी हामीले मःम, पिजा र जंग फुडहरु खाइरहदा स्वास्थ्यमा असर परेको देखिन्छ” उहाँले भन्नुभयो “महालक्ष्मी अर्गानिक खाद्य उद्योगमा पाइने हरेक कृषि उपज गाउँका किसानहरुलाई उचित मुल्य दिएर खरिद गरेर ल्याउने गरेको छु, सिजन अनुसार गुडुरा र गौरिया चामल सहित अन्य अन्नको च्याँख्ला समेत पाइन्छ ।”
राजभण्डारीले यसअघि ईटा उद्योग, कालिका मिनिरल खानेपानी, रेम्बो ट्राउट माछा फर्म लगायतको उद्योगहरु सञ्चालन गरिसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *