ताराखोला गाउँपालिकाका कर्मचारीद्वारा कोरोना कोषमा एक लाख

आदर्श अनलाईन बागलुङ
ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथामको लागि राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

गाउँपालिकाका कर्मचारीहरुले एक महिनाको तलबको १० प्रतिशत रकम राहत कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिनुभयो ।

गाउँपालिकामा कार्यरत ३५ जना कर्मचारीहरुले तलबाट १० प्रतिशतको १ लाख १५ हजार रुपैयाँ राहत कोषमा सहयोग हुने सुनारको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *