भौतिक संरचना अपाङ्गतामैत्री बनाउन सुझाव

आदर्श अनलाइन, बागलुङ

नीति तथा योजना बनाउँदा र भौतिक संरचना निर्माण गर्दा अपाङ्गताको सवाललाई विशेष ध्यान दिनु पर्ने सुझाव दिइएको छ ।

बागलुङमा शनिबार आयोजित अपाङ्ग‌तामैत्री भौतिक संरचना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो सुझाव दिइएको हो ।

अपाङ्गता सरोकार संघ बागलुङको आयोजना र सामाजिक विकास कार्यालय बागलुङको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । सामाजिक क्षेत्र अपाङ्गतामैत्री भए नभएको अनुगमन रिपोर्टको प्रस्तुती समेत रहेको कार्यक्रममा बागलुङका विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

हरेक क्षेत्रलाई सबै प्रकारका अपाङ्गमैत्री सहज पहुँच पु-याउन कसरी संभव छ ? अर्थात पहुँच नभएको अवस्थामा कसरी बहस पैरवी गर्न सकिन्छ ? भन्नेबारे समेत कार्यक्रममा छलफल गरिएको थियो । आगामी नीति तथा योजना निर्माण र भौतिक निर्माणको क्रममा अपाङ्गतामैत्री विषयलाई संवेदनशील रुपमा ग्रहण गर्ने कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, सरोकारवालाहरू, बौद्विक तथा शारिरीक अपाङ्गता भएका व्यक्ति लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *