मन कुमारी केसी, बागलुङ
नेकपा एमालेले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी तथा प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटि बागलुङको दशौँ अधिवेशन पश्चातको पहिलो बैठकको कार्ययोजना अनुसार जिल्लाका सम्पूर्ण पालिकाको अधिवेशन सम्पन्न गरिएको जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार रामकृष्ण शर्माको अध्यक्षतामा बागलुङ नगरपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रुद्रबहादुर केसी, सचिवमा ध्रुव श्रेष्ठ, उपसचिवमा अगनबहादुर खड्का र सीता थापा र ६३ जना नगर कमिटी सदस्य चयन गरिएको छ ।
त्यसैगरी देवेन्द्र रेग्मीको अध्यक्षमा जैमिनी नगरपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा लिलाधर शर्मा, उपसचिवमा चित्र सुनार र २३ जना जैमिनी नगर कमिटी सदस्य चयन गरिएको छ ।
पूर्णबहादुर काउचाको अध्यक्षमा गलकोट नगरपालिका कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा इश्वर बोहरा, सचिवमा दानबहादुर श्रीष, उपसचिवमा अनिल पाण्डे, यमकुमारी क्षेत्री र ५१ सदस्यीय गलकोट नगर कमिटी गठन गरिएको छ ।
चुना घर्तीको अध्यक्षमा ढोरपाटन नगरपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा फारमबहादुर कुँवर, सचिवमा नेत्र चालिसे, उपसचिवमा हेमप्रसाद विक र शान्ति पौडेलसँगै ५१ सदस्यीय ढोरपाटन नगर कमिटी गठन गरिएको जिल्ला अध्यक्ष केसीले जानकारी दिनुभयो ।
त्यसैगरी डिलबहादुर कार्कीको अध्यक्षतामा काठेखोला गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा नगरबहादुर क्षत्री, सचिवमा तिलकबहादुर खड्का, उपसचिवमा राजु गौतम र उजेली शर्मासँगै ४१ जना काठेखोला गाउँकमिटी सदस्य चयन गरिएको छ ।
झोमबहादुर थापाको अध्यक्षतामा बरेङ गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सेरबहादुर खनाल, सचिवमा प्रेम प्रसाद पौडेल, उपसचिवमा प्रदिपजंग श्रीष र देवी क्षेत्रीसँगै ३१ सदस्यीय बरेङ गाउँ कमिटी सदस्य चयन गरिएको छ ।
जिल्ला अध्यक्ष केसीका अनुसार ऋषीराम रोकाको अध्यक्षतामा ताराखोला गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पदमबहादुर खत्री, सचिवमा दुर्गा वगाले, उपसचिवमा यामबहादुर रोका र हरिकला घर्तीसँगै २७ सदस्यीय ताराखोला गाउँकमिटी सदस्य चयन गरिएको छ ।
बडिगाड गाउँपालिकामा कमल राज आचार्यको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा डिनबहादुर केसी, सचिवमा झविन्द्र बुढा, उपसचिवमा पार्वती घर्ती काउचा र मिनकुमारी माझीसँगै ५१ सदस्यीय गाउँकमिटी सदस्यहरु चयन गरिएको छ ।
त्यसैगरी गजेन्द्र छन्त्यालको अध्यक्षतामा तमानखोला गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा लिलबहादुर पुन, सचिवमा कुल बहादुर खत्री, उपसचिवमा डिलमाया विक र ओमबहादुर विकसँगै २१ सदस्यीय तमानखोला गाउँकमिटी सदस्य चयन गरिएको छ ।
भुमिराज घर्तीको अध्यक्षतामा निसीखोला गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा वेगबहादुर कुँवर, सचिवमा लोकिश्वर पौडेल र उपसचिवमा रुपा पौडेलसँगै ३१ सदस्यीय निसीखोला गाउँकमिटी गठन गरिएको जिल्ला अध्यक्ष केसीले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष हिराबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै जिल्लाका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।