महिला संघ बागलुङद्वारा बजार चोक–चोकमा पानी ड्रम र साबुन

आदर्श अनलाईन बागलुङ
नेपाल महिला संघ बागलुङले बजारको चोक–चोकमा पानीको ड्रम र साबुन राखेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरको संक्रमणबाट सचेत गाउँदै साबुन पानीले हात धुनको लागि चोक–चोकमा पानीको ड्रम र साबुनको व्यवस्थापन गरेको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन् ।

उनले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, ड्यूटिमा खटिएका स्वास्थ्यकर्मी, सूचना संकलन र सम्प्रेक्षणका लागि हिडेका पत्रकार र बाटोमा यात्रा गर्ने नागरिकलाई लक्षित पानीको ड्रम र साबुनको व्यवस्थापन गरेको बताइन् ।

महिला संघले बजारको समिटचोक, हल्लनचोक, लोकतान्त्रीकचोक, जिप पार्क लगायतका स्थानहरुमा ड्रम र साबुनको व्यवस्थापन गरेको छ ।

चोक–चोकमा राखेका पानीको ड्रममा स्थानीयहरु समय–समयमा पानी भर्ने छन् । भने साबुनको पनि व्यवस्थापन गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *