पञ्चकोटको महायज्ञमा रु. सात करोड बचत


आदर्श अनलाइन, बागलुङ
पञ्चकोटमा निर्माणधीन १५१ फिट अग्लो विश्व शान्ति कलश निर्माणका लागि रु. सात करोड बढी रकम संकलन भएको छ । पञ्चकोटको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा संकलन भएको रकम मध्ये रु. ७ करोड ९२ लाख रकम बचत भएको छ । उक्त रकमले कलश निर्माणलाई अगाढी बढाइने छ ।

पछिल्लो समय चर्चित धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको बागलुङ नगरपालिका–६ सर्वसिद्धिधाम पञ्चकोटले जल संम्पदा र शालग्राम संरक्षण गर्दै पञ्चकोटमा धार्मिक संरचना निर्माणका लागि आयोजना गरेको ब्रम्हाण्डीय महायज्ञमा दिइएको दान, सहयोग तथा चढाइएको भेटी विक्रिबाट गरिएको आम्दानीबाट उक्त रकम बचत भएको हो ।

पञ्चकोटमा पञ्चकोटको बार्षिकोत्सवको अवसर पारेर फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको पञ्चकोट महायत्र मूल आयोजक समितिले सर्वाजनिक गरेको आयव्यय अनुसार पञ्चकोटमा निर्माणधीन १५१ फिट अग्लो ‘विश्व शान्ति कलश’ निर्माणमा बचत भएको रकम खर्चने जनाएको छ । कल निर्माणका लागि मात्रै रु. ६० करोड लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महायज्ञमा रु. १२ करोड १५ लाख ५५ हजार ९७४ संकलन भएको थियो भने महायज्ञ अवधीभरमा रु. ४ करोड २२ लाख ५७ हजार ४९८ खर्च भएको भएको महायज्ञ मुल आयोजक समितिका सदस्य तथा गण्डकी महासभाका प्रवत्ता सुर्दशन प्रपन्नाचार्यले जानकारी दिनभयो । उहाँका अनुसार महायज्ञको कुल खर्च कटाएर रु.७ करोड ९२ लाख ९८ हजार ४५० बचत भएको जानकारी दिनुभयो ।

अनन्तश्री विभुषित मुक्तिनाथ पिठाधिश्वर श्री १००८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको सत्संकल्पमा संचालित महायज्ञबाट संकलित रकम सर्वशिद्धिधाम पञ्चकोटको गुरुयोजना अनुरुप निर्माणाधिन विश्वशान्ति गण्डकी कलशलाई पुर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिनुभयो । कलशको जमिन भित्र ४० फिट र जमिन माथी एक तला संरचना तयार भइसकेको छ । कलशले पूर्णता पाउदा उक्त संरचना १० तलाको हुनेछ ।
पञ्चकोटमा हाल सम्म रु. ५० करोड भन्दा बढीको भौतिक पूर्वाधार निर्माण भइसकेको सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्रीले जानकारी दिनुभयो । पञ्चकोट विकास परिषद्का प्रतिनिधि अध्यक्ष दामोदर शास्त्रीले पञ्चकोटमा धेरै देवीदेवताको मन्दिरका साथै, सभाहलहरू निर्माण सम्पन्न भइसकेको बताउनुभयो ।

पञ्चकोटमा सिसमहल, सत्सङ भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला, गण्डकीमाताको मन्दिर, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापनलगायतका निर्माणका कामहरू सम्पन्न भइसकेका छन् भने महायज्ञकै अवसरमा ५ हजार ५ पाँच ५५ केजी रहेको नेपालकै सबैभन्दा ठूलो महाघण्ट स्थापना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *