मौसम खराबीले गर्दा हेलिकप्टर बेनीमा ईमर्जेन्सी ल्याण्ड


आदर्श अनलाइन, म्याग्दी

खराब मौसमका कारणले गर्दा मुक्तिनाथदेखि काठमाडौंका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर बेनीमा इमर्जेन्सी अबतरण गरिएको छ ।

९एन एएलटि कलसाइनको हेलिकप्टर भारतिय ६ जना धार्मिक पर्यटक लिएर काठमाडौं देखि चार्टर्ड उडानमा मुक्तिनाथ पुगेर फर्कने समयमा मौसम खराब भएकोले बेनीमा इमर्जेन्सी ल्याण्ड गरिएको हेलिकप्टरका चालक बिमल सापकोटाले बताउनु भयो ।

छ जना पर्यटक लिएर मुक्तिनाथ दर्शनको लागि पुगेको र फर्कदा पुनहिल तर्फबाट जान नसकेको हुदा कालिगण्डकीको मार्गहुदै आएको र २ किमि भन्दा पनि कम भिजिबिलिटि भएकोले बेनी ल्याण्ड गरेको सापकोटाले बताउनुभयो ।

मौसम सुधार भएको खण्डमा जाने नत्रभने बेनीमै बास बस्ने उहाले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *