योग दिवसका अवसरमा पत्रकार र ट्राफिक प्रहरीलाई योगा प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ

१० औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बागलुङका पत्रकार र ट्राफिक प्रहरीलाई योगा प्रशिक्षण गराइएको छ । पतञ्जली योग समिति बागलुङले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर योग दिवस मनाई रहेको छ ।

सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन बागलुङ जिल्लाका क्रियाशिल पत्रकार र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ मातहतका प्रहरीलाई योगा प्रशिक्षण गराइएको हो । योगा प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले स्वास्थ्य जीवनका लागि सोच, खानपान, व्यायाम र वातावरण महत्वपूर्ण हुने बताउनु भएको थियो । यी कुरालाई वेवास्ता गर्दा मानिसले रोगको भारी बोकेर हिडिरहेको भन्दै रानाले जीवनलाई सन्तुलित र स्वस्थ्य बनाउनका लागि योग महत्वपूर्ण भएको बताउनु भएको थियो ।

पतञ्जली योग समिति बागलुङका महामन्त्री अमृत कंडेल र महिला पतञ्जली योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठले योग प्रशिक्षण गराउनु भएको थियो । कार्यक्रम समितिका सचिव भुपेन्द्र खड्कको सञ्चालनमा सम्पन्न भएको थियो । असार ७ गते योग दिवसको मुल समारोह रहेको महामन्त्री कंडेलले बताउनु भयो । कंडेलका अनुसार असार १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागिएको हो ।

पहिलो दिन असार १ र २ गते गते राधाकृष्ण साधना केन्द्रमा नियमित योग कक्षासँगै योग र प्रणायमका फाइदाको विषयमा चर्चा गरिएको थियो । ४ गते बागलुङ नगरपालिका १ निरयघाटमा रहेको रामानुज आश्रममा फलफुल वितरण तथा कालिगण्डकीनदी सरसफाई र गंगातटमा योग अभ्यासको आयोजना गरिएको संगठन मन्त्री अमृत प्रसाद कंडेलले जानकारी दिनुभयो ।

असार ५ गते बागलुङका विद्यालयमा विद्यार्थीलाई योग शिविर, ६ गते मानव सेवा आश्रम बागलुङमा विहानीको भोजन गराउने र ७ गते प्रभातफेरीसँगै राधाकृष्ण साधना केन्द्रमा प्रणायम, योगाशन र शुभकामना आदान प्रदान गरेर मुल समारोह मनाउने तयारी गरिएको कंडेलले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *