क्रिकेट विश्वकप, नेपाल र निराशाजनक प्रदर्शन

सम्पादकीय
आईसीसी टी–२० विश्वकप २०२४ को दौडबाट नेपाल बाहिरिएको छ । दोस्रो पटक १० वर्ष पछि विश्वकप यात्रा तय गरेको नेपालका लागि यसपटकको विश्वकप प्रतिस्पर्धा बहुप्रतिक्षित थियो । कारण अहिलेको प्रतियोगितामा नेपालले विश्वकप ट्रफी चुम्न नसके पनि प्रदर्शन उत्कृष्ट र उत्साहजनक रहने आम अपेक्षा थियो । तर, नेपाल जितविहीन हुँदै बाहिरिन पुग्यो । विश्वकप २०२४ मा नेपालपछि ओमान, आयरल्यान्ड र पपुवा न्युगिनी मात्रै जितविहीन हुँदै बाहिरिएका छन् । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकाविरुद्ध १ रन र बंगलादेशसँग २१ रनले पराजित भयो । कम्तीमा दुई जितका साथ सुपर–८ पुग्ने लक्ष्य राखेको नेपालको विदेशी भूमिमा अमेरिका र वेस्टइन्डिजको पिचमा निरिह र हतोत्साही देखियो । जसको प्रत्यक्ष असर प्रदर्शन र नतिजामा देखियो ।

नेपाल विश्वकपका ४ मध्ये तीन खेलमा हार व्यहो¥यो र दुर्भाग्यवश वर्षाका कारण टस पनि हुन नसकेकाले श्रीलंकासँग अंक बाँड्न पुग्यो । विश्वकपको प्रदर्शनमा नेपाली बलरहरुले सन्तोषजनक प्रदर्शन गरे भने ब्याटरहरु कमजोर देखिए । दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर जितको सम्मुखमा पुगे पनि मात्र १ रनले पराजित हुन पुग्यो । नेदरल्यान्ड्ससँग भने ६ विकेट र बंगलादेशसँग २१ रनले पराजित भयो । तीनै खेलमा हारको मुख्य कारण खराब ब्याटिङ हो । अन्तर्राष्ट्रिय क्रिकेटमा निराशाजनक ब्याटिङ नेपालको पुरानै समस्या हो । विश्वकपको अतिरिक्त दबाब, खराब सट छनोट र कमजोर टिमको मानसिकता पनि कारक हुन् । नेपालले टी–२० विश्वकप खेले पनि प्रदर्शन ओडीआईमा जस्तै गर्न पुग्यो । राष्ट्रिय टिममा रहेका बागलुङका करण केसीले १४१.६६ (एक इनिङमा १२ बलमा १७ रन) र अनिल साहले १०० (तीन इनिङ ३८ बलमा ३८ रन) को स्ट्राइकरेटमा ब्याटिङ गरे । अन्यको स्ट्राइकरेट ९० भन्दा माथि छैन ।

नेपालले क्रिकेटमा पछिल्लो एक दशकमा उल्लेख्य छलाङ मारेको छ । यसबिचमा क्रिकेट टिमले गरेको प्रदर्शनबाट नेपाली खेलप्रेमीको चासो र अपेक्षा उल्लेख्य बढेको छ । क्रिकेटमा लगानी पनि सोही किसिमले राज्यस्तरबाटै र नेपाल क्रिकेट संघ (क्यान)ले बढाएको छ । सरकार र अरु सरोकारवाला निकायबाट सर्वत्र चासो, सहयोग र उत्साह बढ्दै जाँदा अन्तर्राष्ट्रिय प्रदर्शन पनि सोही स्तरको हुन्छ भन्ने थियो, त्यसमा यसपटक पनि ब्रेक लागेको छ । उसो त अन्तिम समयमा ब्याटिङमा चिप्लिएकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अप्रत्याशित हार ब्यहोर्नु परेको छ । नेपाली क्रिकेटले विगतमा यस्ता नमिठा क्षण धेरै पटक ब्यहोरेको छ । यस्तै नियति नेपालले हाल वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा पनि भोग्नु प¥यो । यो विश्वकपमा नेपालले तीनवटा खेल खेल्यो । ती तीनवटै खेलमा कमजोर ब्याटिङ र खराब फिल्डिङ नै नेपाली टोलीको अप्रत्याशित हारको कारण बन्न पुग्यो । नेपालले यो विश्वकपमा १० वर्षअघिको उपलब्धि पनि दोहो¥याउन सकेन । जसको सर्वत्र आलोचना समेत भएको छ । अहिलेको खेलबाट प्रतियोगिता उपाधि जित्न नसके पनि थुप्रै अनुभव सँगालेको भने छ । यही अनुभव र पाठको जगमा आगामी विश्वकप र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्रिने तयारीमा जुट्नु नै नेपालका लागि हित हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *