चिल्ड्रेन लाइफका विद्यार्थीलाई लागुपदार्थ र विकृतिलाई निरुत्साहित गर्न सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

युवामा लागुपदार्थ र विकृतिलाई निरुत्साहित गर्न बागलुङमा सचेतना परामर्श कार्यक्रम गरिएको छ ।

गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालयको आयोजना, जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना, बागलुङ जेसीज र चिल्ड्रेन लाइफ बोडिङ स्कुलको समन्वयमा सचेतना तथा परामर्श कार्यक्रम गरिएको हो ।

चिल्ड्रेन लाइफ बोडिङ स्कुलमा भएको कार्यक्रममा जीवन बाटिका नेपालका अध्यक्ष समिर गुरुङले सहजीकरण गर्नु भएको थियो । उहाँले लागु पदार्थ, मद्यपान र धुम्रपान सेवनले व्यक्तिलाई मात्र नभई समग्र समाज र देशलाई नै असर पर्ने भएकाले यसबाट टाढा रहनुपर्ने बताउनुभयो ।

गुरुङले लागु पदार्थ, मद्यपान र धुम्रपान सेवनले गर्ने असर, यसबाट बच्न सक्ने उपाय लगाएतका बिषयमा सहजिकरण गर्नु भएको थियो । पछिल्लो समय युवा बिद्यार्थीमा यसको असर बढि देखिन थालेकाले युवा बिद्यार्थीलाई सचेत गराइ परिवार र समाजलाई समेत सेचत गराउनका लागि कार्यक्रम गरिएको जीवन बाटिका नेपालका सल्लाहकार रुमा प्रधानले बताउनुभयो ।

कार्यक्रममा जीवन बाटिका नेपालका संस्थापक अध्यक्ष नविन अर्याल, चिल्ड्रेन लाइफ बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ र सहभागी विद्यार्थी रितीस्मा केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का शाखा अध्यक्ष गणेश महतोको अध्यक्षता, उपाध्यक्ष रोहन जिसीको स्वागत र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *