कोभिड–१९ः गायक सपुतद्वारा दुईलाख सहयोग

आदर्श अनलाईन
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)का कारण रोजीरोटी गुम्न पुगेका नेपालीहरुका लागि नेपालका चर्चित गायक प्रकाश सपुतले रु. दुईलाख सहयोग गर्नुभएको छ । दैनिकजसो ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई कोरोना भाइरसका कारण समस्या आउने भन्दै अग्रिम रुपमा गायक प्रकाश सपुतले रु. दुईलाखको चेक स्थानीयरुपमा व्यवस्थापन गर्नका लागि नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गर्नुभएको छ । एकछाक टार्नका लागि समस्या भोग्दै आएका नेपालीहरुले कोरोनाका कारण ज्याला मजदुरी बन्द भएपछि समस्या हुँने भन्दै आफूले श्रमजिवीहरुलाई लक्षित गरी सहयोग रकम उपलव्ध गराएको गायक प्रकास सपुतले जानकारी दिनुभयो ।

प्राप्त सहयोग रकम बागलुङ जिल्लामा कोरोनाका कारण रोजी रोटी गुमेका अथवा कोरोना संक्रमितको उपचारका लागि प्रदान गरिने र यदी बागलुङमा त्यस्तो नभएको खण्डमा सरकारले घोषणा गरेको कोरोना रोकथाम कोषमा जम्मा गरिदिने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले जानकारी दिनुभयो । गृह जिल्ला बागलुङ आउनुभएका गायक सपुतले रु. दुईलाख कोरोना संक्रमणका कारण जिल्लाको आवश्यकता हेरी सहयोग उपलब्ध गराउनका लागि शाखा अध्यक्ष दिल शिरिषलाई जिम्मा दिनुभएको हो ।

गायक सपुतले फेसवुक स्टाटसमार्फत कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले पछिल्लो समय चालेका कदम प्रति प्रधानमन्त्री केपी शर्मा वलीलाई धन्यवाद समेत दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *