कालिका मन्दिरमा रु.१८ लाख भेटी संकलन


आदर्श अनलाइन, बागलुङ
नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा जेठ महिनामा रु. ८ लाख भेटी संकलन भएको छ । कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले सार्वजनिक गरेको जेठ महिनाको आम्दानी खर्च विवरण अनुसार रु. १८ लाख २६ हजार भेटी संकलन भएको जनाएको छ । उक्त भेटी भने चालु वर्षकै सबैभन्दा थोरै भेटी हो ।

गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु. ५८ लाख २४ हजार भेटी संकलन गरेको थियो । कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठ महिनामा १८ लाख २६ हजार आम्दानी र रु. १० लाख २१ हजार खर्च भएर रु. ८ लाख बचत भएको बताउनुभयो ।
खड्काले बागलुङ कालीका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाइ बास बस्नको लागि बागलुङ नगरपालिका १ मालढुंगा नजिकै धर्मशाला निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको जानकारी दिनुभयो । उहाँले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठ महिनामा भक्तजनले मन्दिरमा चढाएको भेटी रु.११ लाख ९६ हजार २६५, सटर भाडाबाट रु. ३ लाख ६ हजार ४००, आर्थिक सहयोग बापत रु.५६ हजार ६८३, परेवा बिक्री बाट रु.२ लाख ४० हजार ७५०,चामल बिक्री बाट रु. ९ हजार, बोकाको टाउको बिक्रिबाट रु. ११ हजार ९००, कुखुरा बलीबाट रु.९००, राँगो बलीबाट रु. ३ हजार ६००, विवाह बाट रु. १ हजार र पण्डितबाट रु.४०० जम्मा रु. १८ लाख २६ हजार ६९८ आम्दानी गरेको कालिकाभगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

यस्तै कालिका भगवती गुठी ब्यवस्थापन समितिले जेठ महिनामा खर्च तर्फ कर्मचारीको तलबभत्तामा रु.४ लाख ३४ हजार, बिधुतमा रु. २९ हजार ५८०, अतिथि सत्कारमा रु.४६ हजार, उपहार ९ हजार, पूर्वाधार तर्फ रु.२ लाख ३६ हजार, पुजा खर्च रु. ५५ हजार, जग्गा ब्यवस्थापन रु. १ लाख ५० हजार, खाद्य तथा आवास रु. ५७ हजार र बिज्ञापनमा रु.५ हजार खर्च भएको अध्यक्ष खड्काले बताउनुभयो ।

जेठ महिनामा कालीका भगवती गुठीले आम्दानी रु. १८ लाख २६ हजार ६९८ र १० लाख २१ हजार ५८० खर्च भई जम्मा रु. ८ लाख ५ हजार ११८ बचत गरेको गुठीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *