दलितका लागि नेतृत्व विकास तालिम


आदर्श सञ्चार, म्याग्दी

दलित समुदायमा नेतृत्व क्षमता विकास गर्नका लागि म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सञ्जालको आयोजनामा तालिम संचालन गरिएको हो । गाउँपालिका स्तरीय दलित सञ्जालको अग्रसरतामा दलित समुदायको नेतृत्व विकास गर्ने हेतुले उक्त तालिम आयोजना गरिएको हो ।

मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले विभेदका अवशेषहरु अझै पनि समाजमा बाँकीनै रहेकाले त्यसलाई पूर्ण रुपमा हटाउनका लागि सामाजिक सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले दलित समुदायहरुले पनि आफ्नो मानसिकता, चेतना आनीवानी र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको उहाँले औंल्याउनु भयो । शैक्षिक र आर्थिक रुपमा समृद्ध बन्नका लागि कुनै न कुनै उत्पादन संग जोडिन पनि उहाँको आग्रह थियो ।

मंगला गाउँपालिका वडा नम्वर २ का अध्यक्ष धन बहादुर खाती क्षेत्री र मंगला गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले दलितहरुलाई प्राप्त हुने विभिन्न अवसरहरुको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

दलित अधिकारकर्मी पुस्कर विक र खरमाया विटालुले नेतृत्व र क्षमता विकासको विषयमा प्रशिक्षण दिनुभएको थियो । गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत अभिभावक विहिन, विपन्न तथा जेहेन्दार दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।

कार्यक्रम गाउँपालिका स्तरीय दलित सञ्जालका अध्यक्ष मनकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा लोक बहादुर किसानको स्वागत गर्नुभएको थियो भने टेक बहादुर किसानको संचालन गर्नुभएको थियो । कार्यक्रममा संचारकर्मी हरिकृष्ण गौतमले दलित समुदायको अवस्थाको बारेमा आफ्नो रिपोर्टिङ अनुभव व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *