बागलुङ नगरपालिकाको बजेट रु. एक अर्ब ६१ करोड


खेमराज गौतम, बागलुङ
जिल्लाको सबैभन्दा ठूलो नगरपालिका बागलुङ नगरपालिकाले आगमी आर्थिक वर्ष २०८१÷८२ का लागि रु. एक अर्ब ६१ करोड बजेट ल्याएको छ ।

नगर उपप्रमुख राजु खड्काले सोमबार नगरसभाको बैठकमा उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
चालु आर्थिक वर्षका लागि रु. एक अर्ब ३३ करोड बजेट ल्याएको नगरपालिकाले यस पटक बजेट रु. २८ करोडले बढाएर रु. एक अर्ब ६१ करोड बजेट ल्याएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

उक्त बजेट गत वर्षको तुलनामा रु. २८ करोड बढी हो । नगरपालिकामा नेपाल सरकारको वित्तीय समानीकरणतर्फ रु. १५ करोड ७८ लाख, ससर्त अनुदानतर्फ रु.९९ करोड ८७ लाख ३८ हजार, समपूरक अनुदानतर्फ रु.४ करोड, प्रदेश सरकारबाट प्राप्त हुँने समानिकरण अनुदान तर्फ रु. २ करोड २६ लाख,समपुरक र विशेष अनुदान रु. एक करोड, संघ प्रदेश र स्थानीय तहको राजश्व रु. १६ करोड ४९ लाख र आन्तरिक राजश्व आय तर्फ रु. ७ करोड ४९ लाख ८२ हजार र बैंक मौजात र विविध आय रु. १४ करोड ५८ लाख समेत गरी रु. एक अर्ब ६१ करोड ५८ हजार आय अनुमान गरी बजेट ल्याइएको छ ।

नगरपालिकाले आन्तरिक आय बढाउने लक्ष्यका साथ बजेट ल्याएको हो । उक्त बजेटमा चालुतर्फ रु. ८४ करोड २ लाख र पूँजीगत तर्फ रु. ७६ करोड ६९ लाख३४ हजार बजेट बिनियोज गरिएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।

नगरपालिकाले आर्थिक विकास तर्फको नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, आत्मनिर्भर बागलुङ, कृषि, पशुपन्छी लगायतका कार्यक्रममा रु. ५ करोड ५१ लाख, पूर्वाधार विकास तर्फ रु. ६२ करोड २ लाख, सामाजिक विकास तर्फ रु. ६१ करोड २४ लाख, सुशासन तर्फ रु. ११ करोड ९१ लाख बजेट बिनियोजन गरिएको छ । बालमैत्री कार्यक्रमका लागि रु. १ करोड ९५ लाख, दिवा खाजाका लागि रु.४५ लाख बजेट बिनियोजन गरिएको छ ।

नगरपालिकाले आत्मनिर्भर बागलुङ, गोरु संरक्षण हनुमान नाँच संरक्षण, कुकुर सेल्टर हाउस, नगकी छोरी कार्यक्रम, बागलुङ बजार शौन्दर्यकरण, नगर अस्पतालको नयाँ भवन सञ्चालन, विदालय नर्स कार्यक्रमलाई थप गर्ने, सबै स्वास्थ्य संस्था बालमैत्री, किशोर किशोरीमैत्री र पोषणमैत्री घोषणा, टाढाका विद्यार्थीलाई आवासको व्यवस्था लगायतका कार्यक्रमका लागि बजेट बिनियोजन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

यस्तै रायडाँडा विशेष कार्यक्रम, डोयको डाँडामा ब्लुहिल पूर्वाधार निर्माण,नगरप्रमुखसंग जेठ नागरिक लगायतका नीति तथा कार्यक्रमलाई समेट्नेगरी बजेट ल्याइएको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको कृषि तथा पशुपालनलाई आधुनिकरण गर्ने, बाँझो जग्गामा फलफूल खेति गर्ने, बजार क्षेत्रमा कौशी खेती प्रर्बद्धन गर्ने लगायतका कार्यक्रममा बजेट ल्याएको छ । यस्तै नगरपालिकाले पाडापाडी संरक्षणका लागि ‘आज होइन भोलीलाई, पालौ पाडा बाच्छीलाई’ भन्ने राराका साथा बाच्छी र पाडीको निःशुल्क विमा, औषधि उपचार र सुत्केरी पशुलाई भिटामिन लगायतका औषधि उपलब्ध गराउने र बाच्छी र पाडी पाल्ने कृषकलाई सम्मान गर्ने कार्यक्रमलाईलाई बजेट बिनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *