बागलुङमा नेपाल राष्ट्रिय कबड्डी टिमका सदस्य थापालाई सम्मान

आदर्श अनलाइन, बागलुङ

जिल्ला कबड्डी संघ बागलुङले नेपाल राष्ट्रिय कबड्डी टिमका सदस्यलाई सम्मान गरेको छ ।

बंगलादेशमा सम्पन्न भएको बंगबन्धु अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल बागलुङका खेलाडी विशाल थापालाई जिल्ला कबड्डी संघ बागलुङले सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले खेलाडी राष्ट्रका गहना हुन् र विशाल थापाले सिंगो बागलुङको गौरव बढाएकोमा संघले गरेको सम्मानले खेलाडीको थप हौसला बढेको बताउनुभयो।

सम्मान कार्यक्रममा ओलम्पियन भगवती केसी, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, थापा अध्ययनरत कालिका कन्यामन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक धनराज सापकोटा, अन्य सुटिङ प्रशिक्षक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता, सचिव सुरेन्द्र शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *