घरबेटीद्धारा रेष्टुरेण्टको एक महिनाको भाडा मिनाहा

अनलाईन, बागलुङ

भाईरसको प्रभावले काठमाडौं लगायतका देशका विभिन्न शहरमा घरबेटीले भाडा छुट दिईरहेको बेला बागलुङका एक व्यवसायीले पनि आफ्नो घरमा संचालन भएको रेष्टुरेण्टका लागि १ महिनाको भाडा मिनाह गरेका छन् ।

सदरमुकाम बागलुङ बजारमा व्यवसाय गर्दै आएका सामाजिक व्यक्तित्व कृष्णशंकर श्रेष्ठले आफ्नो घरमा रहेको ग्रिल एण्ड चिल रेष्टुरेण्टको चैत्र महिनाको भाडा छुट दिएका छन । कोरोनाको प्रभावले बजारमा व्यापार घटिरहेको र संकटमा एकताले जितिन्छ भन्ने उद्देश्यले चैत्र महिनाको भाडा छुट दिएको श्रेष्ठले बताए ।

रेष्टुरेण्टको मासिक २० हजार रुपैयाको दरले व्यवसायीले भाडा दिँदै आएका थिए । श्रेष्ठ र उनको परिवारले आफ्ना अन्य छाप्राको पनि एक महिनाको भाडा मिनाह गरिदिने बताएका छन । उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन भने विभिन्न सामाजिक संस्थामा पनि क्रियाशिल रहेका छन । श्रेष्ठ जिल्लामै पहिलोपटक घरभाडा छुट दिने मालिक हुन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *