खानेपानी महशुलमा २०० प्रतिशत वृद्धि, पदाधीकारी सुविधा बढाइयो


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल शुल्कमा २०० प्रतिशले वृद्धि गरेको छ । बिहीबार संस्थाका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको छ । यस अघि न्यूनतम मशहुल १०० रहेको थियो ।

अघिल्लो पदाधिकारीले बुझ्दै आएको पदाधीकारी भत्तामा समेत संस्थाले रु. ५०० ले वृद्धि गरिएको छ ।



खानेपानीको न्यूनतम ८ युनिकोट १०० लिदै आएकोमा आगमी भदौदेखि १० युनिटको ३०० रुपैया लिने निर्णय गरेको छ । यस विषयमा कार्यबाहक अध्यक्ष हरी बहादुर जिसीले नगर विकास कोषको ऋण भुक्तानी गर्नका लागि महशुल बढाउने निर्णय गरेको बताउदै लागू भैनसकेको बताउनुभयो । उहाँले सरोकारवालासंगको छलफलपछि निर्णय लागु गर्ने वा नगर्ने पुनविचार गर्ने बताउनुभयो ।
गर विकास कोषलाई रु. २ करोड ८१ लाख रकम तिर्न बाँकी रहेकाले बाध्य भएर महशुल वृद्धि गरेको बताउनुभयो । उहाँले खानेपानी संस्था अस्थिर हुँदा बक्यौता रकम उठाउन नसकेको जानकारी दिनुभयो ।

महशुल वृद्धिको निर्णयमा संस्थाका केही सदस्यहरुले असहमती जनाएका थिए । सदस्य कुलराज शर्मा र हुमा खड्काले महशुल वृद्धिको निर्णयमा असहमति जनाएका हुन् । समितिले बैठक भत्तामा भने रु. ५०० ले वृद्धि गरेको पाइएको छ । यसअघि एक हजार बैठक भत्तामा रहेकोमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले बैठक भत्ता बढाए एक हजार ५०० पु¥याएका छन् ।

खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष केवी राना मगरले काम गर्ने बातावरण नभएको र कोषाध्यक्षबाट असहयोग भएको भन्दै राजिनामा दिएपछि कार्यबाहकको जिम्मेवारी उपाध्यक्षले पाउनुभएको छ । तर मगरकोे राजीनामा भने हाल सम्म स्वीकृत भएको छैन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *