एमाले नगर कमिटिद्वारा खानेपानी महशुल शुल्क वृद्धि फिर्ताको माग


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल शुल्कमा २०० प्रतिशले वृद्धि गरेपछि नेकपा एमाले बागलुङ नगर कमिटिले कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा महशुलमा गरिएको मुल्यवृद्धि ४८ घण्टा भित्र फिर्ता गर्न माग गरिएको छ ।

बिहीबार संस्थाका कार्यबाहक अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको थियो । यस अघि न्यूनतम मशहुल १०० रहेको थियो ।

अघिल्लो पदाधिकारीले बुझ्दै आएको पदाधीकारी भत्तामा समेत संस्थाले रु. ५०० ले वृद्धि गरिएको एमाले नगर कमिटिको आरोप छ । नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरी बहादुर जिसीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

खानेपानी जस्तो संवेदनशिल क्षेत्रलाई राजनीतिक थलो बनाउन नहुँने एमालेको ठहर छ ।
खानेपानीको न्यूनतम ८ युनिटको १०० लिदै आएकोमा आगमी भदौ देखि १० युनिटको ३०० रुपैया लिने निर्णय गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक अध्यक्ष हरी बहादुर जिसीले नगर विकास कोषको ऋण भुक्तानी गर्नका लागि बाध्य भएर महशुल बढाउने निर्णय गरेको बताउनुभयो । उहाँले सरोकारवालासंगको छलफलपछि निर्णय लागु गर्ने वा नगर्ने पुनविचार गर्ने बताउनुभयो ।

गर विकास कोषलाई हालै रु. २ करोड ८१ लाख रकम तिर्न आवश्यक रहेकाले बाध्य भएर महशुल वृद्धि गरेको जनाइएको छ । उहाँले खानेपानी संस्था अस्थिर हुँदा बक्यौता रकम उठाउन नसकेको जानकारी दिनुभयो । ६० लाख भन्दा बढी बक्यौता रकम उठाउन थप ताकेता गर्ने खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भनाई छ ।

खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष केवी राना मगरले काम गर्ने बातावरण नभएको र कोषाध्यक्षबाट असहयोग भएको भन्दै राजिनामा दिएपछि कार्यबाहकको जिम्मेवारी उपाध्यक्षले पाउनुभएको छ । खानेपानीको विदान अनुसार रानामगर पुन फर्कने अवस्था नरहेको कार्यवाहक अध्यक्ष जिसीले जानकारी दिदै विदान अनुसार राजिनामा स्विकृत भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *