सचेत हुनुस् ! धौलागिरी अस्पतालमा एक बिरामीमा कोरोना आशंका

आदर्श अनलाईन, बागलुङ

धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारका लागि आएका एक बिरामीमा कोरोना संक्रमणको आंशका गरिएको छ ।

चार दिन अघि अस्पताल आएका ति बिरामीको लक्षण कोरोनासँग मिल्ने भएकाले छुट्टै बिशेष निगरानीमा राखेर परीक्षण सहित परामर्श समेत गरिएको छ ।

भारतको पटनाबाट आएको हुनाले कोरोना आशंकामा स्वाब परीक्षणका लागि आज काठमाण्डौं पठाइएको धौलागिरी अञ्चल अस्पतालका डा.पुजन बल्लले जानकारी दिए । ‘कोरोनाबाट संक्रमित नै हो भन्ने अवस्था छैन,सिजनल फ्लु पनि हुन सक्छ,,’ डा.बल्लले भने,‘तर कोरोनाको जोखिमपूर्ण ठाउँबाट आएको हुनाले संक्रमणको थप आशंकामा परीक्षण गरेर हेरौ भन्नका लागि काठमाण्डौं पठाउने निर्णयमा पुगेका हौ ।’

अस्पतालले संवेदनशिलताका कारण बिरामीको नाम ठेगाना भने गोप्य राखेको छ । शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्