४५ दिने एड्भान्स सिलाई कटाई तालिम समापन


आदर्श अनलाइन, बागलुङ
बागलुङमा स्थित पर्यटन तथा उद्योग कार्यालयले महिलाहरुको लागि ‘सीप सिकौं आत्मनिर्भर बनौँ’ भन्ने मुलनाराका साथ ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सोमबार एक कार्यक्रमबा बीच समापन गरेको छ ।

बैशाख ३१ गतेदेखि सञ्चालन गरिएको तालिम सोमबार समापन गरिएको हो । ४५ दिने तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले सिप सिकेर नेपालमानै असल उद्यमी बन्न तालिममा सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘तालिमले केही हौसला पकै मिलेको होला, सिकेको सिपलाई व्यवहारमा उतार्न आवश्यक छ, उहाँहरु उद्यमी भएका हेर्न चाहान्छौं ।’

कार्यक्रममा समाजसेवी केवि राना मगर ,सहभागीहरुको तर्फबाट निमा गुरुङ लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । तालिममा २० जना महिलाहरुको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रम कार्यालय प्रमुख पारसिँह थापाको अध्यक्षता, सूचना अधिकारी विष्णुनाथ शर्माको स्वागत र कर्मचारी होमकली थापाको संचालनमा सम्पन्न भएको थियो ।

कार्यालयले यस बर्ष मिनिटेलर हलो मर्मत सम्बन्धी तालीम, सिलाइ कटाई सम्बन्धी तालिम र ड्राइभिङ सम्बन्धी तालिम सञ्चालन गरिसकेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *