गण्डकी प्रदेश स्तरीय व्याडमिन्टल बागलुङमा


आदर्श अनलाइन, बागलुङ
बागलुङमा गण्डकी प्रदेश स्तरीय व्याडमिन्टल प्रतियोगिता आयोजना गरिएको छ । आगामी मंसिर २ गतेदेखि ८ गतेसम्म कर्णाली प्रदेशको विरेन्द्र नगरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागलुङमा गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन छनौट खेल हुने भएको हो ।

बुधबार र बिहिबार बागलुङस्थित रुद्रेपिपल कबर्ड हलमा छनौट खेल हुने पत्रकार सम्मेलन मार्फत जनाइएको छ । प्रदेश खेलकुद समिति गण्डकीको आयोजना र बागलुङ जिल्ला खेलकुद समितिको व्यवस्थापनमा खेल हुन लागेको खेलकूद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

खेलमा मनाङ र मुस्ताङबाहेक ९ जिल्लाका ६५ खेलाडीबीच छनौट खेल हुन लागेको हो ।
उक्त खेलमा ६ स्वर्ण, ६ रजत र १२ कास्य पदकका लागि विभिन्न इभेन्टका खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

पुरुष तथा महिलाको सिंगल, पुरुष तथा महिलाको डबल, पुरुष महिलाको मिक्स डबल खेल हुनेछन् । त्यसबाहेक टिम इभेन्ट पनि हुने बताइएको छ । खेलका लागि हरेक जिल्लाबाट ४ जनादेखि ६ जनासम्म खेलाडी सहभागि हुनेछन् । बागलुङबाट ३ पुरुष र २ महिला खेलाडीले छनौटमा भाग लिने जिल्ला व्याडमिन्टन संघ बागलुङका अध्यक्ष राजिन खड्काले बताउनुभयो ।

सबैभन्दा धेरै कास्कीका ४ महिला र २ पुरुष गरी ६ जनाले भाग लिने छन् । खेलमा ११ जना प्रशिक्षक समेतको सहभागिता रहनेछ । खेलकुद विकास समिति र जिल्ला व्याडमिन्टन संघले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । जिल्ला खेलकूद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काको अध्यक्षता समितिका सदस्य सचिव भिमसेन शाक्यले संचालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *