मलेसियाबाट फर्केर बाख्रापालनमा रमाउदै थापा

आदर्श अनलाइन, बागलुङ

आमा मनरुपा थापाले गाउँलेको अदियाँ बाख्रा पालेर घर खर्च चलाउदै आउनुभएको देखेपछि छोराले बाख्रापालनलाई व्यवसायीक बनाउन सफल हुनुभएको छ ।

४१ वर्षीय छोरा चन्द्र बहादुर थापा अहिले व्यावसायिक वाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवा स्थित चन्द्रबहादुरको जिमिरे बाख्राफर्म अहिले त्यो क्षेत्रकै नमूना बाख्रा फर्मको रुपमा चिनिन थालेको छ । उहाँको बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउदै बाख्रापालनमा बजारीकरणको समस्या नरहेको बताउनुभयो ।

हाल उहाँको तीन वटा परम्परागत खोरमा ७५ बाख्रा पाठा छन् । आमाले अधियाँमा बाख्रापालन गरेको देख्नुभएको चन्द्र बहादुरलाई बाख्रा फर्म खोल्ने ठूलो रहर थियो तर लगानीको अभावमा मलेसिया पुग्नुभयो । पाँच वर्ष मलेसिया पुगेर फर्कनुभएका थापाले मलेसियाको आम्दानी बाख्रापालनमा लगानी गरेको बताउनुभयो ।

थापाले अहिले २०० बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको भन्दै आमाले अधियाँमा पाल्दै आएको बाख्रापालनलाई आफूले व्यावसायिक बनाएको बताउनुभयो ।

“लगानी नहँुदा १६ वर्ष पहिला मलेसिया पुगे, पाँच वर्ष मलेसियामा कमाएको रकमले बाख्रापालन थालेको थिए, आमाले अधियाँमा बाख्रा पालेर परिवार पालेको देखेको मैले आफै बाख्रा उद्यमी बन्ने सपना पुरागर्ने चरणमा छु, एक वर्ष भित्रै २०० बाख्रा पु¥याउनका लागि अहिले आधुनिक खोर निर्माण गरेको छु” थापाले भन्नुभयो “आधुनिक खोर निर्माणमै रु. १० लाख रकम लगानी भइसक्यो, बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख बचत हुन्छ, स्थानीय जातको बाख्रापालन घाँसमा आधारित छ, मिठो मासुका लागि खोजी–खोजी लैजान्छन् ।”

एक वर्षमा ३० वटा बोका बिक्रि गर्दै आएको बताउदै थापाले सरकारी निकायबाट समेत बाख्रापालनलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।

पहिला गाउँका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढ्ने गर्दै छोराछोरी पाल्दै आएकोमा अहिले छोराले आफ्नै बाख्रा फर्म खोल्दा खुसी लागेको आमा मन रुपमा थापाले बाताउनुभयो ।

थापाले अहिले छोराले बाख्रापालनलाई बढाउदै बचत भएको रकमले लगानी वृद्धि गरिरहेको बाताउनुभयो ।

“गाउँका बाख्राका पाठा लिएर हुर्काउने र त्यसबाट जन्मेका पाठापाठी आधा–आधा बाढ्ने गरी परिवारलाई पाल्दै आएको थिए, बाख्रापालनमा मेहनत गर्न सके राम्रो आम्दानी हुँन सक्ने भन्दै परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई छोराले व्यवसायिकता दिएको छ” मनरुपाले भन्नुभयो “तीन वटा परम्परागत शैलीको खोरमा बाख्रापलन गर्दै आएकोमा यसपटक घरमुनी आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ ।”

थापाले मलेसियाबाट फर्केर विस्तारै बाख्रापालन थप गर्दै आएकोमा पछिल्लो चार वर्ष यताबाट व्यावसायिक बनाइरहेको जानकारी दिनुभयो ।

बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले रु. एक लाख १९ हजार र जैमिनी नगरपालिकाले २३ हजार अनुदान दिएको चन्द्र बहादुर थापाको भनाई छ । थापाको आधुनिक खोर निर्माण अन्तिम चरणमा पुगेको छ । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातको बाख्रापालनलाई जोड दिएको बाख्रापालक किसान थापाको भनाई छ । थापालाई श्रीमती धन कुमारीले बाख्रापालनमा समेत सघाउदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *