महासङ्घलाई ‘सुगङ्गा पुरस्कार’, महाश्रम शर्मालाई ‘सुगङ्गा सम्मान’

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई ‘सुगङ्गा पुरस्कार’ प्रदान गरिएको छ । सुगङ्गा स्मृति कोषले पत्रकार महासंघ बागलुङ शाखालाई रु. २५ हजार नदग सहित ‘सुगङ्गा पुरस्कार’ २०७८ प्रदान गरिएको छ ।

यस्तै ‘सुगङ्गा सम्मान’ २०७८ बाट यहाँका अग्रज पत्रकार स्वामी रमेशानन्द केशरीलाई रु. २५ हजार सहित सम्मान प्रदान गरिएको छ । यस्तै राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ‘सुगङ्गा सम्मान’ २०७९ बाट सम्मान गरिएको छ ।

पत्रकारिताको संस्थागत विकासमा खेलेको भूुमिकालाई हेरेर महासङ्घ बागलुङ शाखालाई पुरस्कृत गरेको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । यस्तै पत्रकारितामार्फत् समाजमा पु¥याएको योगदानका लागि अग्रज पत्रकार केशरी सम्मानित हुनुभएको छ ।

No description available.

विसं १९९३ मा बागलुङ नगरपालिका–१ रामरेखामा जन्मनुभएका केशरीले ३० को दशकमा राष्ट्रिय समाचार समिति (रासस)को बागलुङ समाचारदाताका रुपमा रहेर काम गर्नुभएको थियो ।

उहाँ बागलुङका पुराना पत्रकारमध्येमा पर्नुहुन्छ । विविध कारणले दुई वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको काजी रोशनले जानकारी दिनुभयो । उहाँले बागलुङमा जन्मेर शिक्षाको क्षेत्र तथा वाङ्मयको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको र हाल राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष समेत रहनुभएको महाश्रम शर्मालाई ‘सुगङ्गा सम्मान’ २०७९ सम्मान गरिएको बताउनुभयो । ।

अग्रज स्वामी रमेशानन्द केशरी पुरस्कार ग्रहणका लागि भने उपस्थित हुन सक्नुभएको थिएन । पुरस्कार तथा सम्मान बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले पुरस्कृत र सम्मानि सबैलाई बधाई व्यक्त गर्दै उहाँले बागलुङको पत्रकारिता प्रशंसा योग्य रहेको बताउनुभयो ।

पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाका संयोजक एवं अग्रज पत्रकार विदुर खड्काले आफ्ना दिवङ्गत आमा सुमित्रा र धर्मपत्नी गङ्गाको स्मृतिमा विसं २०६५ मा सुगङ्गा स्मृति कोष स्थापना गर्नुभएको थियो । कोषका संस्थापक खड्काको समेत २०७८ माघ १९ गते निधन भइसकको छ ।

कोषले पत्रकारितासहित समाजका विशिष्ट क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ । यसअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठकलगायत कोषबाट सम्मानित भइसक्नुभएको छ ।

सम्मानित तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट गर्नेहरुलाई अवसर रहेको बताउनुभयो । कुनै समय डाक्टर, ईन्जिनियर पेशमा लाग्नेलाई मात्र सम्भावना रहेको उल्लेख गर्दै उहाँले अहिले भने जुन क्षेत्रमा पनि उत्कृष्ट गर्नेलाई अवसर रहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले पुरस्कृत र सम्मानित व्यक्तिहरुको बारेमा जानकारी गराउनुभएको थियो । नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले महासंघको संस्थागत विकासको लागि अग्रजहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । सुगंगा स्मृति कोषका संयोजक काजी रोशनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रामप्रसाद उपाध्याय र सञ्चालन विश्वनाथ रेग्मीले गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *