ताराखोलाका बिक मृत भेटिए


आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ३ श्यामखर्क बस्ने वर्ष ६३ मनबहादुर विक बुधबार साँझ साढे ८ बजे मृत फेला परेका हुन् ।

विक घरदेखि अन्दाजी डेढ किलोमिटर पश्चिमतर्फ हर्क बहादुर कार्कीको घरको पिँढीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

घटनामा अनुसन्धान गर्न प्रेम नारायण श्रेष्ठको कमाण्डमा ३ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको र प्रारम्भिक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गल्कोटबाट प्रहरी निरीक्षक थमन सिंह राना नेतृत्वको ७ सस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको छ । मृतक विकले अत्याधिक मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *