बेनी–जोमसोम सडकखण्डमा रातको समयमा यात्रा नगर्न आग्रह


आदर्श सञ्चार, म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै सडक मार्ग बेनी–जोमसोम–कोरला सडकमा बाढीपहिरोको जोखिम अहिले उच्च रहेकोले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बर्षाले गर्दा कुनै पनि समयमा हुने सक्ने बिपद्लाई मध्येनजर गर्दै रातको समयमा यात्रा नगर्न आग्रह गरीएको हो । राती बाढी पहिरोको सम्भावना रहने र रातको अध्यारोले गर्दा धेरै परसम्म नदेखिने हुँदा कुनै पनि प्रकारको दुर्घटना हुन सक्ने भएकाले पनि रातमा सके सम्म यात्रा नगर्न आग्रह गरीएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो दिनको समयमा यात्रा गर्दा पनि निकै सचेत भएर हिड्नु पर्ने र रातको समयमा त अत्यावश्यक बाहेक यात्रै नगरेको बेस हुने उहाँको भनाई छ । म्याग्दी क्षेत्र तर्फ पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राख्नुका साथै अन्य सूचनाहरु पनि सबैले देख्ने स्थानहरुमा राख्ने तयारी भएको उहाँको भनाई छ । रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा पनि हामी सचेत रहेको भए पनि रातीको समयले गर्दा तत्काल उद्धारमा कठिन हुन सक्ने भएकाले नै सकभर यात्रा नगर्नु भनेर आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ’ प्रजिअ ढकालले जानकारी दिनुभयो ।

पहिरो खस्ने र खोलामा पानीको सतह समेत बढेको खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने सकिने भएपनि अहिले सडकको अवस्था हेरेर यात्रा गर्न सहजिकरण गरिने प्रजिअ ढकालको भनाई छ । मंगलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको पुगेको थियो ।

बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दी क्षेत्रमा कम्तीमा ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्ने सवारीासधनलाई पहिरो स्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी समेत खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना क्षेत्रमा ३४ किलोमिटर सडक खण्डमा ३५ वटा ठूला पहिरो रहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *