विपद्मा जुट्न ‘हाइ अलर्ट समूह’

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा मनसुनजन्य विपद्का घटना शुरु भएका छन् । मनसुनजन्य विपद्बाट बच्न, क्षति घटाउन, उद्दार तथा राहतमा जुट्नका लागि जिल्लाका १० वटै पालिका र जिल्ला प्रशासनको कार्यालयको समन्वयमा ‘हाइ अलर्ट समूह’ तयारी अवस्थामा राखिएको छ ।
असार १५ गते देखि बागलुङमा विपद् जन्य घटना शुरु भएको छ । विपद्बाट सबैभन्दा बढी गलकोट क्षत्रमा क्षति पुगेको छ ।

असार १५ गतेमात्रै गलकोट खण्डको मध्यपहाडी लोकमार्गमा २२ पहिरो खसेका छन् भने नगरपालिकाको ८ नम्बर वडाको काँडेबासमा घर बगाउदा श्रीमान श्रीमतीको मृत्यु भएको थियो । त्यसयता मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर, ढोरपाटन सालझण्डी सडक पटक–पटक अबरुद्ध हुँदै आएको छ ।

विपद्बाट जोगिन, क्षति घटाउन र तत्कार उद्दारमा जुट्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा जिल्ला स्तरीय विपद् सहायता कक्ष र १० वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्य स्थानीय विपद् सहायतका केन्द्र गठन गरेर हाट्सएप मार्फत सक्रिय बनाइएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

“विपद् जन्य घटना भएमा तत्कालै उद्दारमा खट्नका लागि जिल्ला र स्थानीय तहको विपद् सहायता कक्षलाई हाइ अलर्टमा राखिएको छ, हाट्सएप ग्रुप मार्फत जिल्लाको कुना काप्चामा भएको विपद्को खबर समेत तत्कालै गृह मन्त्रालयमा समेत पुग्नेछ” प्रजिअ सुवेदीले भन्नुभयो “विपद् पूर्वतयारी अन्र्तगत विपद् व्यवस्थापन गुल्म, शसस्त्र प्रहरी बल र नेपाली सेनामा छुट्टै समूह बनाइएको छ ।”

विपद्मा तालिम प्राप्त शसस्त्र प्रहरी बलमा २५ जना, विपद् व्यवस्थापन गुल्मका सबै प्रहरीहरु हाइ अलर्टमा राखिएको छ भने विभिन्न प्रहरी चौकीका प्रहरीलाई समेत उच्च सर्तकता अपनाउन भनिएको सुवेदीको भनाई छ ।

यस्तै बागलुङका तीन ठूला राष्ट्रिय राजमार्गहरु कालीगण्डकी करिडोर, मध्इपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी सडक खण्ड अबरुद्ध हुँदासाथ खुलाउनका लागि निर्माण आयोजनालाई ठाउँ–ठाउँमा उपकरण राख्न लगाइएको छ भने निर्माणधीन अवस्थामा रहेको सडकमा निर्माण व्यवसायीलाई परिचालन गरि सडक खुलाउने कार्य भइरहेको छ ।

चट्याङबाट बच्न नागरिक सेचत गराउने अभियान प्रहरी मार्फत भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । जिल्लामा मनसुन जन्य प्राकृतिक प्रकोप बढ्दो अवस्थामा रहदा विपद् व्यवस्थापन कार्यलाई फिल्डमै पुग्नका लागि तयारी गरिएको छ ।

वर्षायामसँगै अपुरणिय जनधनको क्षति घटाउन, यस्तो क्षतिमा स्थानीय सरकार, सरोरकारवाला र स्वयम् आम नागरिकले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिन सके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण समेत गर्न सकिन्छ । यस्तै विपद् रोक्न नसकिने अवस्थामा क्षति समेत न्युनिकरण गर्न सकिन्छ ।

जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशिलताको आधारमा बर्गिकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई सचेतता लगायतको काम भइरहेको प्रहरी उपरिक्षक कंडेलले जानकारी दिनुभयो । विपद् जन्य घटनाबाट कम क्षति हुँनलाई पूर्व तयारीका लागि स्थानीय तहमा भएका औजार, उपकरण, दमकल तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

बागलुङ जिल्ला प्रशासनले लाइफ लाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालिगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काइभेटर, एम्बुलेन्स, दमकल लगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन गरिएको छ भने पालिकालाई आफ्नो पालिका भित्रको पहिरो पन्छाउन सहयोग पुग्ने आवश्यक उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *